धादिङ । शिक्षामा विकास नहुँदा सम्म भौतिक विकास निर्माणकार्य दिगो नहुने भएकोले गाउँपालिका शैक्षिक गुणस्तर सहित शिक्षा विकासमा लागि योजनाबद्ध हिसाबले कार्य थालनी गरिएको बेनिघाटरोराङ गाउँ पालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले बताएका छन् ।
सोमबार गाउँपालिकामा सुनौलो भबिष्यका लागि शिक्षा कार्यक्रमको गाउँपालिका स्तरीय अभिमुखिकण कार्यक्रममा अध्यक्ष डल्लाकोटीले उक्त कुरा बताएका हुन् । भौगोलिक रुपमा दुर्गम स्थानमा रहेका बालबालिकाहरु बिद्यालयसम्म पहुँच वृद्धि र गुणस्तरीयताको लागि विकास साझेदार संस्था र गाउँपालिका एक अर्कामा सहकार्यमा गर्दै शैक्षिक विकासका गतिविधि गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत उनले बताए ।
अभिमुकरण कार्यक्रममा उपाध्यक्ष देवीप्रसाद सिलवाल , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण प्रसाद भट्टराई ,शिक्षा अधिकृत बोधराज पाठक लगायतले बेनिघाटरोराङ गाउँ पालिकाको शिक्षा विकासमा एक कोशे ढुड्गा हुने बताउँदै कार्यक्रममा पालिकाको तर्फबाट आवश्यक पर्ने समन्वय तथा सहयोग हुने बताएका थिए ।
बालबालिकाहरुको सिकाई उपलब्धि बृदि गराउन चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको वडा नं ६,८ र १० का १९ बिद्यालयमा सुनौलो भबिस्यका लागि शिक्षा कार्यकम गर्न लागिएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
प्रयास नेपाल धादिङका उपाध्यक्षको अध्यक्षता भएको गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यक्रमा प्रयास नेपाल धादिङले बेनिघाटरोराङ गाउँपालिकाको वडा नं ६,८ र १० का १९ बिद्यालय संचालन गर्ने क्रियाकलाप, प्रक्रिया बजेटबारेमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल तथा सुमन ज्ञवाली तथा चाइल्ड फण्ड जापानको संथागत जानकारी कार्यक्रम व्यवस्थापक वीर बुमार श्रेष्ठले जानकारी गराएका थिए ।