धार्क्रेमा लागुऔषध रोकथामका लागि प्रहरीको जनचेतनामूलक कार्यक्रम

Avatar photo
Dhadingpost
मङ्लबार, पुस २०, २०७८

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला धादिङ धुनिबेशी नगरपालिका वडा नं.६ धार्क्रे मा प्रहरीले लागुऔषध रोकथामका लागि प्रहरीको जनचेतनामूलक कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय खानिखोलाका कार्यालय प्रमुख प्रहरी निरिक्षक अपुर्व ढुङ्गाना सहितको उपस्थितिमा नेपाल प्रहरी र स्थानीयको सहभागितामा उक्त जनचेतना मुलक कार्यक्रम गरिएको जिप्रका धादिङले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङले जिल्लाका सबै स्थानीयतहहरुमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम संचालन गरि अपराध न्यूनिकरणका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।