धादिङ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धादिङको खनियावास गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न गरेको छ । उक्त भेलाबाट सागर तामाङको अध्यक्षमा ७ सदस्यीय खनियावास गाउँपालिका गठन गरिएको सुन्दर तामाङले धादिङपोष्टलाई बताए ।
भेलामा जिल्ला सेक्रेटरी सुमन क्षेत्रीले वैज्ञानिक समाजवादी ब्यावस्था कि ? पुँजिवादि दलाल संसदीय व्यवस्था ? यी दुई विकल्पमा संसदवादी दलहरू जनमतसंग्रह जाने हो भने यसको विकल्पमा हुने चुनावमा नेपाल कम्युनिस्ट पार्टीले भाग लिने बताएका थिए ।
जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आथित्यतामा, अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय सचिव सागर तामाङ र जिल्ला सदस्य तथा खनियाबास गाउँपालिका ईन्चार्ज लेख बहादुर तामाङको आतिथ्यतामा भएको उक्त भेलाबाट