
धादिङ । नेपाली कांग्रेस धादिङका नेता एवम् पूर्व कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री दिलमान पाख्रिन कांग्रेस महाधिवेशनमा भोट ल्याउँदै केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।
देउवा समुहबाट केन्द्रीय सदस्यकाे उम्मेदवार बनेका उनी ८ जना भित्र पर्दै चाैंथाे नम्वरमा निर्वाचित हुन सफल भएका हुन् । उनले १ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस धादिङमा प्रभावशाली नेताको रुपमा स्थापित पाख्रिन जनतामाझ पनि उत्तिकै लोकप्रिय छन् । ८ जना केन्द्रिय सदस्य निर्वाचित हुने आदिवासी जनजातिबाट सबैभन्दा धेरै भोट चिनकाजी श्रेष्ठले ल्याए भने दिलमान ४ जना भित्र परेका थिए ।
पार्टी विधानमा १२१ केन्द्रिय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ । एक सय ६७ सदस्यीय केन्द्रिय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ । यसैगरी ३३ केन्द्रिय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ ।
आगामी चारवर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ ।