
धादिङ । नेत्र विक्रम चन्द्र (विप्लन) नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल धादिङले धादिङमा चरम रुपमा देखिएको अनियमिता र भ्रष्टचारको भण्डाफोर गर्ने जनाएको छ ।
धुनीबेसी धार्के बजारमा सोमबार सम्पन्न चौथो जिल्ला समितिको दोस्रो पुर्ण बैठकले उक्र निर्णय गरेको बताइएको छ । संगठनका अध्यक्ष किशोर रेग्मी (अभय) को अध्यक्षता र पार्टी जिल्ला समितिका सेक्रेटरी सुमनको प्रमुख आतिथ्यतामा उक्त पुर्ण बैठक बसेको बताईएको छ ।
धादिङमा अहिले संसदवादी राजनितिक पार्टीहरुले आफ्ना आसेपासे पोस्न राज्यको सम्पती दुरुपयो गरिरहेको वैठकमा निकर्ष निकालेको बैठकमा सहभागि एक नेताले बताए । विकासको हल्ला चलायर भ्रष्टचार, अनियमिता व्यप्त छ, गाउँ गाउमा तस्करी कालो बजारी मौलाएका छन्, यस विरुद्ध लाग्न सेक्रेटर सुमनले युवा संगठनलाई निर्देशन पनि दिए ।
वैठकले १३ वटै स्थानिय तहहरुमा युवा संगठनका संगयोजकहरु तोकेको छ । नगर गाउँपालिका भेला दुई महिना भित्र गरि सक्ने निर्णय पनि गरेको छ ।