
धादिङ । एकिकृत पाठ्यक्रम कक्षा १-३ र सक्षमतामा आधारित पाठ्यक्रम कक्षा ६-८ को प्रबोधिकरण तथा बिद्यार्थी मुल्यांकन प्रक्रिया सम्बन्धि दुई दिने शिक्षक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
पाठ्यक्रम प्रारुप २०७६, सिकाई सहजिकरण प्रक्रिया, पाठ्यपुस्तकको परिचय र प्रयोग, गणित बिषयको पाठ्यक्रम, बिद्यार्थी मुल्यांकन र पृष्ठपोषण आदि बिषयमा अचने माध्यमिक बिद्यालयका शिक्षक नवराज पाठकले सहजिकरण गरेका थिए ।
प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बालबालिकाहरुलाई बोध सहितको सिकाईको लागि सिक्ने वातावरण तयारी र बाल मैत्री शिक्षण विधि, सिकाई उपलब्धि बढाउन बालबालिका अभिभावक, बालबालिका र शिक्षक तथा अभिभावक र शिक्षक बीचको समन्वय तथा सहकार्य बाल विकास कक्षा व्यवस्थापनका विविधका बारेमा सहजिकरण गरेका थिए ।
कार्यक्रममा गजुरी गाउँपालिका ७ का सबै बिद्यालयका प्रधानाध्यापक र शिक्षकहरू सहित ४३ जना शिक्षकहरुको सहभागी रहेको थियो ।
गजुरी गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष केशव अधिकारीको आतिथ्यतामा २ दिनसम्म संचालन भएको अभिमुखिकरण गजुरी गाउँपालिका वडा नं ७ को आयोजना र प्रयास नेपाल, धादिङको सहयोगमा सम्पन्न भएको कार्यक्रम संयोजक सहदेब पण्डितले बताए ।