
धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिमा पर्ने सल्यानकोटको एउटा बस्ती नै एमालेमा प्रवेश गरेको छ । प्रवेस गर्नेमा नेकपा माओवादीबाट वडा सदस्य निर्वाचित अर्जुन विसुन्खे सहित ९७ जना रहेको एमाले धादिङका नेता विष्णु सापकोटाले बताए ।
पार्टी प्रवेस गराउन शनिबार एमालेले त्रिपुरासुन्दरी ४ स्थित कार्कीगाउँमा बृहतसभा तथा पार्टी प्रवेसको कार्यक्रम गरेको थियो उक्त कार्यक्रममा पार्टी प्रवेस गराउन बागमति प्रदेश इन्चार्ज कासीनाथ अधिकारी पुगेका थिए ।
कार्यक्रममा एमाले धादिङका इन्चार्ज खेम लोहनी, जिल्ला कमिटि अध्यक्ष भूमि त्रिपाठी, गाउँपालिका अध्यक्ष शम्भु थापा, विष्णुसापकोटा लगायतको आतिथ्यता रहेको थियो ।