आज धान्य पूर्णिमा र यसको महत्व

Avatar photo
Dhadingpost
आइतवार, पुस ४, २०७८

मार्गशीर्ष पूर्णिमाका दिन दत्तात्रेय जयन्ती पर्दछ । याे धान्य पूर्णिमाका नामले प्रसिद्ध छ । याे दिन पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी गैडु पूजा गर्ने विधान छ। किरात समुदायको उँधौली पर्व पनि आजै मनाइन्छ। नेवारहरूले याे पूर्णिमालाई योमरी पुन्ही भन्दछन् ।

पौष पूर्णिमाका दिन शाकम्भरी जयन्ती पर्दछ । यस दिनदेखि माघस्नान, स्वस्थानी व्रत एवं शालीनदीमा मेला सुरु हुन्छ । पाैष सूर्यकाे महिना मानिन्छ र पूर्णिमा चन्द्रमाकाे तिथि । यसरी याे दिन सूर्य र चन्द्रकाे दुर्लभ मिलन देख्न सकिन्छ ।

माघ पूर्णिमाका दिन सन्त रविदास एवं भैरव जयन्ती पर्दछ । फाल्गुन पूर्णिमा फागु पूर्णिमाका नामले चर्चित छ, यस दिन होली मनाइन्छ । होली वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने पर्व हो । यसदिन खासगरी धान्य दान गरिन्छ । नयाँ धान पाकेपछि यस दिन पर्वताकार धानका राशि बनाएर धाञ्याचल वा धान्यपर्वत दान गर्ने विधान र परम्परा छ । धान्य भनेको अन्न हो । अद्यते भक्षते इति अन्नं भनिएको हुँदा जे खाइन्छ त्यो सबै अन्न हो तथापि मुख्य रूपमा खाने वस्तु धान नै भएको हुँदा धानलाई प्रमुख अन्न मानिएको हो । अन्नदान भनेको प्राणदान हो । किनभने किली युगमा अन्न खान नपाएमा मानिसहरू धेरै समयसम्म बाँच्न सक्तैनन् ।

पुराणशास्त्रमा भनिएको पनि छ
कृते त्वस्थिगताः प्राणास्त्रेतायां मांसमिश्रिताः ।
द्वापरे रुधिरे प्राहुः कलावन्नगताः स्मृताः ।।
अर्थात् सत्ययुगमा मानिसको प्राण अस्थि अर्थात् हड्डीमा अडिन्थ्यो भने त्रेतायुगमा हाड र मासुमा अडिन्थ्यो, अनि द्वापर युगमा रक्तमा अडिन्थ्यो भने कली युगमा अन्नमा प्राण अडिएको हुन्छ । त्यसैले कली युगमा अन्न खान नपाएमा मानिस धेरै समयसम्म बाँच्न सक्दैनन् । त्यसै कारणले अन्नदानलाई प्राणदान भनिएको हो । त्यसैले प्रमुख अन्न धान्य दान गर्दा ठूलो पुण्यलाभ हुने हुँदा यसदिन धान्यदान गर्ने प्रचलन चलेको हो ।

धान्य पूर्णिमा नेवार समुदायले मनाउने विशेष पर्व मानिन्छ । यो दिन विशेष प्रकारको परिकार(योमरी) बनाएर खाने चलन छ । नेवार समुदायमा विशेष किसिमको तिल, चाकु, खुवा राखेर बनाइएको चामलको पिठोबाट बनाइएको विशेष प्रकारको परिकारलाई नै योमरी भन्ने गरिन्छ । यस पूर्णिमाको साँझ तिहारमा देउसी, भैलो खेलेझै केटाकेटी युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । योमरी माग्ने प्रचलन यो दिनको एक महत्वपूर्ण साँस्कृतिक पक्ष हो । यस दिन घरमा भि¥याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाएर योमरी पुन्हि मनाउने चलन छ । यस दिन नयाँ अन्न राखिएको भकारी एवं भन्डारमा योमरी लगायत लक्ष्मी गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मानस, कछुवा आदि मूर्ति सहित चेप्तो सानो सानो पात आकारको ल्होमरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

यस्तै उधौली चाड नेपाल साथै संसार भरी छरिएर वसोवास गर्ने भुमिपुत्र मुलवासी किरात समुदायले विशेष सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।