
धादिङ । मन्त्रिप्परिषदको बैठकले धादिङको बेनिघाट रोराङ गाउँपालिकाको प्रसाशकिय भवन बनाउनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
२०७८ पुस १ गते बसेको मन्त्रीपरिषदकोे निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बेनीघाट रोराङको प्रशासकिय भवन निर्माणका लागि १० रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको बताएका हुन् ।
सरकारले धादिङको बेनीघाट रोराङ सहित विभिन्न १३ वटा स्थानीय तहलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्ति स्वीकृती दिने निर्णय पनि गरेको छ । यसैबिच लमजुङको भोटेओडार आँखा उपचार केन्द्रलाई भवन निर्माणका लागि एक रोपनी जग्गा लिजमा उपलब्ध गराउन स्विकृती दिने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको मन्त्री कार्कीले बताए ।
