एमाले अब चुनाव केन्द्रित हुन्छ -लोहनी

Avatar photo
Dhadingpost
बिहिबार, पुस १, २०७८

धादिङ । नेकपा एमाले धादिङका इन्चार्ज खेम लोहनीले एमाले अब चुनाव केन्द्रित हुने बताएका छन् । सुखि नेपाली समृद्ध नेपाल एमालेको एजेण्डा हो, त्यो पुरा गर्न एमाले प्रतिवद्ध रहेको र चुनावबाट कथित गठबन्धन समाप्त पार्न एमाले चुनाव केन्द्रित हुने उनले बताए ।

नेत्रावती डबजोङ गाँउपालिकाको गाँउ कमिटिको सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज लोहनीले एमाले विचार सहितको पार्टी हो । समृद्ध र सुखी नेपाली बनाउन नेकपा एमाले नै चाहिने जनताले आभास गरि सकेकोले कार्यकर्ताहरुलाई सुदृढ संगठन निर्माणमा ख्याल गर्न समेत आग्रह गरे ।

हिजो एमालेको नेतृत्वमा प्रदेश सरकार हुँदा ७ मन्त्रालयलाई ८ बनाउँदा आन्दोलनको आँधिबेहेरी सृजना गर्दछौं मन्त्रालय थप्न पाईदैन भन्नेहरु आज आफु सत्तामा पुग्दा २ दर्जन पुर्याउने होड छन् । यो कुरा जनताले सुक्ष्म अध्ययन गरिरहेको बागमती प्रदेश कमिटि सदस्य डा. रामकुमार अधिकारी बताए । आज गठवन्धको नाममा राज्यको सम्पती दोहन हुँदैछ । यसको परिणाम जनताले चुनावबाट देखाई दिने समेत अधिकारीले बताएका थिए ।

कृष्ण लामाको अध्यक्षतामा भएको सपथ ग्रहण कार्यक्रममा गाँउपालिकाका अध्यक्ष कमिटिमा निर्वाचित सुवर्ण रिमाल, उपाध्यक्ष उत्तम अधिकारी सहित ६५ सदस्यीय कमिटिको सहभागिता रहेको थियो ।