मुरलीभञ्ज्याङ साना किसान यस वर्ष ३५ लाख नाफामा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर २८, २०७८

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र ९ सेवा क्षेत्र भएको मुरलीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्था लिमिटेडले यस आर्थिक वर्षमा कुल ३५ लाख ६६ हजार ८ सय ४४ रुपैया नाफा आर्जन गरेको बताईएको छ ।

सोमबार सम्पन्न यस सहकारीको १२ औं वार्षिक साधारण सभामा यस वर्ष उक्त रकम नाफा आर्जन गरेको लेखापरिक्षण प्रतिवेदनमा जनाईएको हो । समान्य कृषक सदस्यहरुको सामाजिक, आर्थिक जीवनस्तरमा परिवर्तन गर्दै सुखि, समृद्धि र खुशी बनाउन विभिन्न किसिमका सिप र क्षमताको विकास गर्दै आएको छ भने पशुपालन, व्यापार व्यवसाय, वैदेशिक रोजगारी लगाएतका क्षेत्रहरुमा लागानी गर्ने गरेको छ ।

२०६६ सालमा स्थापना भएको यस संस्थामा अहिले १ हजार ८३ जना शेयर सदस्य रहेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ सम्ममा कुल १३ करोड ११ लाख १६ हजार ४ सय चौबिस रुपैंया बराबरको कारोबार गरेको छ । साथै संस्थाले यस आर्थिक वर्षमा कुल ११ करोड ७ लाख ५८ हजार १ सया ८९ रुपैंया ऋण लगानी गरेको बताईएको छ ।

सहकारीका अध्यक्ष दुर्गा दुवाडीको अध्यक्षता र जिल्ला सहकारी संघ धादिङका सदस्य रंगप्रसाद थपलियाको प्रमुख आतिथ्यता सम्पन्न १२ औं साधारण सभामा शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।