प्यारीको माया मनमा साँचे मनमा रै’रह्यो
चाँदनी रातमा मनको धर्ती अँध्यारो भै’रह्यो
चौंरीको गोठ चिसोमा बसें अगेनो भेटिन
भावीले लेख्यो दु:खमा बस्न सक्दैन मेटिन
हिउँको पैरो नजिकै खस्यो मन भयो झसङ्ग
सोध्दैन कोही के कस्तो थियो चाहना मसङ्ग
मर्स्याङ्ग्दी नदी सुसेल्दै गीत दखिन गै’रह्यो
खुलाएँ बाटो हिमाली धरा खोपेर पहरा
आधार शिविर बसियो धेरै बनाइ टहरा
सक्तिन भन्न सकिन मैले बिकासे जागिर
सोझोको सहारा दैव हो भन्थे सम्झिएँ आखिर
काठको पुल खोलामा थियो बाढीले लै’रह्यो