बालमैत्री स्थानीय शासन अबलम्बन सम्बन्धि कार्यशाला सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २३, २०७८

धादिङ मंसिर २३ । त्रिपुरासुन्दरी गाउँपालिकाले बालमैत्री न्युनतम सुचक, भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धि केन्द्रीत भएर कार्य गर्नु पर्ने त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कपिलदेव सिम्खडाले बताएका छन् ।

बिहिवार त्रिपुरासुन्दरी गाउँपालिकामा वडा नं ४ का जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि अायोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशालामा वडाध्यक्ष सिम्खडाले सो कुरा बताएका हुन् ।

गाउँपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संसथागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा पालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियानमा रहेको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताए । वडा नं ४ का वडाध्यक्ष कपिलदेब सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि तथा बालक्लबका प्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेबिका, स्वास्थ्य संस्थाका प्रतिनिधि, शिक्षक, महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ३१ जनाको सहभागीता रहेको थियो ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार, टोल बस्ती, वडा हुँदै पालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख मिना देवकोटाले बताईन् ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति, कार्य विधि निर्माण,कार्यान्वयनका खुड्किला शुरु, ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु, सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो । कार्यशाला पछि त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष कपिलदेव सिम्खडाको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति समेत गठन भएको अालडाँडा सल्यानकोटबाट मिना देवकोटाले बताईन् ।