
धादिङ मंसिर २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी धादिङले सङ्गठन विस्तार तथा जनसम्बन्ध अभियान सुरु गरेको छ । सोही अभियानको क्रममा मंगलबार नेकपा धादिङले निलकण्ठ नगर समतिको प्रथम भेला नगर सेक्रेटरी हरिप्रसाद खतिवडाको नेतृत्वमा १७ सदस्यीय नगर कमिटी गठन गरेको छ ।
जिल्ला सेक्रेटरी सुमन क्षेत्रीको प्रमुख आथित्यतामा र जिल्ला पुर्व सेक्रेटरी प्रवेशको आतिथ्यता रहेको भेलामा सेक्रेटरी सुमनले संसदवादी राजनीतिक पार्टीहरू फेरि चुनावी अभियानमा लागेकाले मतको दुरुपयोग गर्न दिननहुने बताएका थिए । उनले संसदीय चुनाव होइन, अब जनताको व्यावस्था वैज्ञानिक समाजवादी व्यावस्था कि पुँजीवादी व्यावस्थाको चुनावको जनमतसङ्ग्रहको चुनावमा भनेर हुने चुनावमा मात्र जानुपर्ने धारण राखेका थिए ।
त्यसैगरी नगर सेक्रेटरी हरिप्रसाद खतिवडाले पछाडि पुच्छर झुन्डाइएर कम्युनिस्ट लेख्दैमा कम्युनिस्ट पार्टी नहुने भन्दै नक्कली कम्युनिस्ट पार्टीको भ्रम जनतामा लिएर जाने प्रतिवद्धता जनाएका थिए । उनले विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी मात्रै असली कम्युनिस्ट भएको दावी गर्दै वास्तविक कम्युनिस्टहरू अब छिट्टै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबद हुने समेत दावी गरेका थिए ।