
धादिङ मंसिर २१ । त्रिपुरासुन्दरी मेलाको अवसरमा हाँसे पसल बगरमा आयोजित १० औं न्यु त्रीपुरासुन्दरी कप 9-A side फुटबल प्रतियोगिता आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लव (Ntyc Club Dhading) लाई हराउँदै आरुघाट युवा क्लवले जितेको छ ।
फाईनल खेलमा न्यु त्रिपुरासुन्दरीको १ गोलका विरुद्ध २ गोल गरेको आरुघाट गण्डकीले उपाधी चुमे सँगै १ लाख ११ हजार १११ रूपैयाँ जित्न सफल बन्यो । भने उपविजेतमा रोकिन पुगेको आयोजक टिम (Ntyc Club Dhading) ले ५५ हजार ५५५ रूपैयाँ जितेको छ ।
मंसिर १७ गते एक कार्यक्रमका बीच माओवादी केन्द्र धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीले उद्घाटन गरे सँगै सुरुभएको उक्त प्रतियोगितामा २२ टिमले प्रतिपर्धा गरेका थिए ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित न्यु त्रिपुरासुन्दरी युवा क्लब र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिले आयोजना गरेको उक्त फुटबल प्रतियोगिताको पुरस्कार वितरण पनि नेता भण्डारीले नै गरेका थिए ।