धादिङमा त्रिपुरासुन्दरी कप मंसिर १७ बाट, पुस्कार १ लाख माथि

Avatar photo
Dhadingpost
बुधबार, मंसिर १५, २०७८

धादिङ मंसिर १५ । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको त्रिपुरासुन्दरी माईको मन्दिरमा लाग्ने न्वागी मेलाको अवसरमा १० औं न्यु त्रीपुरासुन्दरी कप 9-A side फुटबल प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रम हुनेभएको छ ।

न्यु त्रिपुरासुन्दरी युवा क्लब (Ntyc Club Dhading) र त्रिपुरासुन्दरी मन्दिर संरक्षण समितिको संयुक्त आयोजनामा हुने साँस्कृतिक कार्यक्रम र खेलकुदको पुरस्कार वितरण समारोहमा अर्थमन्त्री शर्मा र कृष्ण कडेलको इन्द्रणी टिम समेत आउने भएको छ ।

प्रथम पुरस्कार १ लाख ११ हजार १११ रूपैया र उपविजेतालाई ५५ हजार ५५५ रूपैया प्रदान गरिने यस मंसिर १७ गतेबाट २० गते सम्म हुनेछ । आयोजक न्यु त्रिपुरासुन्दरी युवा क्लब त्रिपुरासुन्दरी धादिङका अनुसार प्रतियोगितामा सहभागि हुने टिमले मंसिर १६ गते सम्म टिम दर्ता गराई सक्नु पर्नेछ ।

आयोजकले टिम दर्ताको लागि थप जनाकारी आवश्यक परे सम्पर्क ब्यक्ति दिपेन्द्र शाह 9848856542, मनोज पाण्डे 9816151705, विशाल खाण 9866280744, रामशरण पाण्डे 9851086408 लाई सम्पर्क गर्न सकिने समेत जनाएको छ ।

ऐतिहासिक तथा पुरातात्विक महत्व
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेसीको मन्दिरमा ल्याइन्छ ।

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहि आएको छ ।

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाए पनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रद्धालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।