
धादिङ मंसिर १३ । धादिङको त्रिपुरासुन्दरीमाईको मेला अवलोकल तथा मेलाको अवसरमा हुने साँस्कृतिक कार्यक्रम तथा फुटबल प्रतियोगिता उद्घाटन मंसिर २० गते गर्न अर्थ मन्त्री जनार्दन शर्मा “प्रभाकर” आउने भएका छन् ।
नेपालको प्रसिद्ध ऐतिहासिक धार्मिक स्थल त्रिपुरासुन्दरीमाईको जात्रा यस वर्ष मंसिर १९ र २० हुनेछ । यस मेलाको अवसरमा हरेक वर्ष साँस्कृतिक कार्यक्रम र न्यु त्रिपुरासुन्दरी युवा क्लवले फुटबल प्रतियोगिता गर्दै आईरहेको छ र यस वर्ष पनि यी दुबै कार्यक्रम यथावत रहेकोले साँस्कृतिक कार्यक्रम उद्घाट र फुटबल प्रतियोगिताको पुरस्कार वितरणका लागि अर्थमन्त्री ल्याउने तय भएको क्लवले जनाएको छ ।
हाँसेपसल बगरमा त्रिपुरासुन्दरीमाइ न्वागिमेलाको विशेष अवसरमा न्यु त्रिपुरासुन्दरी कप 9-A side फुटबल प्रतियोगिता हुने हुँदा क्लवहरुलाई समयमै टिम दर्ताको लागि समेत क्लवले आव्हान गरेको छ ।
प्रथम पुरस्कार १ लाख ११ हजार १११ रूपैया र उपविजेतालाई ५५ हजार ५५५ रूपैया प्रदान गरिने यस अन्तर क्लव स्तरीय फुटबल प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम मंसिर १७ गतेबाट २० गते सम्म हुनेछ ।