नेपालमा निरन्तर सहयोग गर्दै आईरहेका डा. लुक बुकर, अब रहेनन्

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १३, २०७८

धादिङ मंसिर १३ । नेपाल र नेपालीलाई अतीनै माया गर्ने समाजसेवी डा. लुकको निधन भएको छ । बेल्जियम निवासी डा. लुक बुकर ३ महिना देखी क्यानसर पिडित भई उपचारत थिए । बेल्जियम स्थित अस्पतलमा उपचार कै क्रममा उनको डिसेम्बर २६ मा निधन भएको हो ।

नेपालमा विभिन्न ठाउँहरुमा आफै पुग्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा अतुलनिय सहयोग पुर्‍याएका प्रोफेसर डा. लुक बुकर र एनआरएन सह कोषाध्यक्ष धादिङका लोक दाहालको पहलमा बद्रीविशाल माध्यमिक विद्यालयको भवन निर्माण भएको छ । भवन उद्घाटन तथा हस्तान्तरण गर्न उनी आफै बसेरी आएका थिए । त्यहि अवसरमा पर्यटन प्रवद्र्धनका लागि खाल्टेमा आयोजित गोरु जुधाई मेला समेत हर्न पुगेका लुकको धादिङबासीहरु सँगको सामिप्यता नजिक थियो ।

उनै लुकको निधनको खवर प्राप्त भए सँगै धादिङ बुढाथुम स्थित बद्रीविशाल माध्यामिक विद्यालयमा उनको फोटोमा माल्यार्पण गरि श्रद्धान्जली सभा गरिएको छ । ०७२ सालको भुकम्प पछि निरन्तर नेपाल आउन थालेको लुक बेल्जियमा आर्थिक संकलन गरि नेपालका विभिन्न जिल्लाहरुमा पुगी स्वास्थ्य शिविर चलाउने, ग्रामिण क्षेत्रमा स्वास्थ्य र शिक्षा सहयोग गर्ने अभियानमा सक्रिय थिए ।

लुक सहभागि विभिन्न कार्यक्रमका तस्वीरहरु