धादिङ एन्फा लिग जितेकै भोलीपल्ट पात्लेका खेलाडी राजकुमार खाडी मुलुक जान वाध्य

Avatar photo
नारायण सिलवाल
शनिबार, मंसिर ११, २०७८

धादिङ मंसिर ११ । नेपालमा विस्तारै खेलकुदको महत्व बढ्दै गएपनि खेलाडीहरुले खेलकुदमा आफ्नो भविश्य अझै देख्न सकेका छैनन् । एकाध औलामा गनिन सकिने राष्ट्रिय खेलाडीहरुले खेलकुदलाई व्यवसायीक बनाउन सकेपनि अन्य खेलाडीहरु विस्तारै पलायउन कै सूचीमा रहने गर्दछन् ।

धादिङले कयौं राम्रा खेलाडी जन्मायो भन्दा पनि धादिङमा कयौं राम्रा खेलाडीहरु जन्मिए, एकाध खेलाडीहरु विभागीय टिममा रहेता पनि अन्य खेलाडीहरुले आफ्नो भविश्य खेलकुदमा देख्ने वातावरण नै बनेन । धादिङका दर्जन भन्दा बढी जिल्ला स्तरीय खेल खेलेका खेलाडीहरु अहिले विदेशी भुमिमा काम गर्दछन् ।

पछिल्लो समय रोजगारीको लागि खाडी मुलुक जान वाध्य भएका छन् राजकुमार घ्यावा । मंंसिर १ गते देखि ९ गते सम्म नियमित विद्यार्थी उपकार संघ पात्लेबाट नावौं एन्फा लिग खेलेका उनी सहभागी पात्लेले प्रतियोगिता नै जित्यो ।

पात्लेमा हर्ष उल्लास भयो । पहिलो पटक फाईनल जित्दा पात्लेका खेलाडी मात्रै हैन शुभुच्छुहरु धेरै खुसी भए बधाई दिए । गजुरीको गलौंदी देखि कालुपाण्डे राजमार्ग, धादिङबेसी सदरमुकाम हुँदै धुवाँकोट पात्ले सम्म विजयी र्याली गरियो । यो विजयी उल्लास सँगै भोली पल्ट मंसिर १० गते विहानै २ नम्बर जर्सीबाट खेलेका राजकुमार घ्यावा काठमाडौं हानिय । किनकी उनको १० गते बेलुका रोजगारीको लागि खाडी मुलुक प्रस्थानको प्लेन टिकेट रेडी थियो ।

विजयी उत्सव नसकिदै अमिलो मन लियर विदेशिन वाध्य धादिङका खेलाडीहरुमा राजकुमार पछिल्लो उदाहरण मात्रै हुन् । राम्रो खेल्ने खेलाडीहरुलाई प्रत्सोहान गर्ने, नियमित भक्ता तथा खेलमा पारिश्रमिक र विस्तारै रोजगारीको वा व्यवसायीक कर्जा, खेलाडीलाई स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्न ढिला हुँदा धादिङले दिन दिनै खेलाडीहरु गुमाउनु पर्ने वाध्यता सृजना भएको छ ।