माओवादी केन्द्र नीलकण्ठ-८ को अध्यक्षमा भुवल विश्वकर्मा चयन

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २, २०७८

धादिङ मंसिर २ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नीलकण्ठ–८ को वडा अधिवेशनबाट भुवल विश्वकर्मा अध्यक्षमा चयन भएका छन् ।

बुधबार सम्पन्न अधिवेशनले भुवल विश्वकर्माको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा रामकृष्ण श्रेष्ठ, सचिवमा सूर्य विक, सह–सचिवमा मणी परियार र कोषाध्यक्षमा अम्बिका सुवेदी चयन भएका छन् ।

जिल्ला समन्वय समिति धादिङका अध्यक्ष विजय बुर्लाकोटीको प्रमुख आतिथ्यता भएको उक्त वडा अधिवेशनमा मनराज भण्डारी, सम्भु श्रेष्ठ, दिपक विश्वकर्मा, अमृत तामाङ, चन्द्र लम्साल, होमनाथ कोइराला लगायतको आतिथ्यता रहेको थियो ।