धादिङका सहिद चक्रबहादुर श्रेष्ठको आज स्मृति दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३०, २०७८

धादिङ कात्तिक ३० । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको क्रममा धादिङ सल्यानकोकाटका चक्रबहादुर श्रेष्ठले आजैका दिन अर्थात ०६१ कार्तिक ३० गते सहादत प्राप्त गरेको दिन हो ।

तात्कालिन शाही सेनाले अचने माध्यामिक विद्यालय खहरेबाट ०६१ कार्तिक ७ गते गिरफ्तार गरि हिरासद भित्रै कार्तिक ३० गते हत्या गरेको थियो ।

सहिद: चक्रबहादुर श्रेष्ठ
जन्म मितिः ०२० साउन १४
सहादत मितिः ०६१ कार्तिक ३० गते
बुबाः भैरव बहादु श्रेष्ठ
आमाः सूर्यकुमारी श्रेष्ठ
श्रीमतीः मायाँ श्रेष्ठ
परिवार संख्याः ४ छोरी २ छोरा
पार्टी हैसियतः तात्कालिन माओवादीको अल्पकालिन कार्यकर्ता पूर्व जिल्ला कमिटी सदस्य
पार्टी सदस्य दिएको मितिः ०३६
गिरफ्तार: ०५९ फागुन १६ गते
हिरासदः १८ दिन नजरबन्द पछि हिरासद मुक्त
पुन गिरफ्तारः अचने मा वि खहरेबाट ०६१ कार्तिक ७ गते गिरफ्तार, हिरासद भित्रै हत्या
पेशाः अंग्रेजी र विज्ञान विषयको शिक्षक अचने मा वि खहरे
धादिङपोष्टका लागि यो विवरण सहिद श्रेष्ठको जेष्ठ सुपुत्री संगीताले उपलब्धगराएकी हुन् ।