सुवर्ण उपाध्यायको निधन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २६, २०७८

धादिङ कात्तिक २६ । तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको धादिङ जिल्लाका प्रथम सहिद नारायण प्रसाद उपाध्ययका पिता सुवर्ण उपाध्यायको आज बिहान निधन भएको छ ।

माओवादी केन्द्रको जेष्ठ नागरिक मञ्चका केन्द्रय सदस्य समेत रहनुभएका सुवर्ण उपाध्याय आज बिहन ८२ वर्षको उमेरमा आफ्नै निवास सिद्धलेक गाउँपालिका स्थित परेवाटामा असामहिक निधन भएको हो ।

उपाध्यायकोको पार्थिव शरीरमा माओवादी केन्द्र बागमती प्रदेशका सह इन्चार्ज नारायण दाहालले पार्टी झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । उक्त श्रद्धाञ्जली अर्पण कार्यक्रममा माओवादी केन्द्र धादिङका सह-इन्चार्ज लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । फाईल तस्वीर