
धादिङ कात्तिक २६ । धादिङको गंगाजमुना गाउँपालिकाले आज एक सूचना जारी गर्दै कार्तिक २८ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । उक्त दिन गंगाजमुना मेला परेकोले सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएको छ ।
गंगाजमुना गाउँपालिकाका नामाकरण भएको गंगाजमुना माई स्थान तथा प्रसिद्ध झरनामा आदिम कालदेखि लाग्दै आएको हरीवोधनी एकादशी व्रत मेलाको पावन अवसरमा गाउँपालिकामा सार्वजनिक विदा दिईने सूचनामा जनाईएको छ ।