धादिङ टी-२० क्रिकेटको फाईनलमा भोली गजुरी र त्रिपुरासुन्दरी भिड्ने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक १७, २०७८

धादिङ कात्तिक १७ । धादिङको विशालटारमा गत ११ गते देखि जारी जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाईनलमा भोली गजुरीको गजुरी सामुदायीक समाज र त्रिपुरासुन्दरी गाउँपालिकाको त्रिपुरासुन्दरी क्रिकेट क्लव भिड्ने भएका छन् । आज भएको सेमी फाईनलमा गजुरीले बेनीघाट रोराङको चरौदीलाई हराउँदै फाईनल यात्रा तय गरेको हो भने त्रिपुरासुन्दरीले धुनीबेसीको संवाहक युवा क्लवलाई हराउँदै फाईनल प्रवेस गरेको हो ।

पहिलो सेमी फाइनलमा गजुरी सामुदायिक विकास समाजले चरौदी समाज सुधार युवा क्लब माथि ११९ रनको जित निकालेको छ ।बिशालटारको चन्द्रदय खेल मैदानमा टस जितेर ब्याटिङका लागि आएको  गजुरीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९९ रन जोडेको थियो । गजुरीका उज्वल थापाले शतक प्रहार गरे । ४० बल खेलेका थापाले ८ चौका र ९ छक्का प्रहार गरेका थिए । साथै सानु घलेले ३३ तथा सविनले २३ रन जोडे । चरौदीका एनजल सिलवालले ४ ओभरमा ४१ रन दिँदै २ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको चरौदीले ८० रनमा समेटियो । चरौदीका चन्द्रेश ठाकुरले ३२ रन जोडे । विजय सिलवालले भने १० बलमा १४ रन जोडे । 

गजुरीका निरोज रिजालले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । यस्तै सन्देश सापकोटा र प्रदीप गिरीले सम्मान २/२ विकेट लिए । निरन्तर उत्कृष्ट प्रदर्शन गरेका उज्वल प्रतियोगिताकै सर्वाधिक रनकर्ता तथा विकेटकर्ताको शिर्ष स्थानमा  छन् । खेलको म्यान अफ द म्याच उज्वल थापा भए ।

यस्तै आज भएको दोस्रो सेमी फाईनलखेलमा त्रिपुरासुन्दरीले सम्बाहक युवा क्लब माथि रनको जीत निकालेको छ । टस जितेर ब्याटिङका लागि आएको त्रिपुरासुन्दरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । त्रिपुरासुन्दरीका कप्तान अमृत थापाले ८५ रन जोडे । ४४ बल खेल्दै थापाले १२ चौका र ३ छक्का प्रहार गरेका थिए । साथै निशान खड्काले २४ तथा आरम्भ तिमल्सिनाले २७ रन जोडे ।
सम्बाहकका राज कुमार , सुदिप पाठक , अमृत थापा र नवराजले सम्मान १/१ विकेट हात पारे ।

जवाफी ब्याटिङ गर्न आएको सम्बाहक १०६ रनमा समेटियो सम्बाहकका सुदिप पाठकले १४ रन जोडे । त्रिपुरासुन्दरीका श्री कृष्णले ३ विकेट हात पारे । यस्तै अनिल अधिकारी र उदय थापाले सम्मान २/२ विकेट हात पारे । खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भए । त्रिपुरासुन्दरी र गजुरी सामुदायिक विकास समाज बिच भोलि ९ बजे फाइनलमा भेट हुनेछ ।

भोली हुने फाईनलको विजेताले नगद १ लाख सहित ट्रफी प्रमाण पत्र पाउने छ भने उप विजेताले ५० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिने जिल्ला क्रिकेट संघ धादिङका अध्यक्ष दिपेश कडेलले बताए । यस प्रतियोगिता संचालन गर्न नीलकण्ठ नगरपालिका २ लाख, बेनीघाट रोराङ २ लाख, टोयोटा कम्पनी २ लाख र अन्तराष्ट्रि धादिङ समाज १ लाख सहयोग गर्दै प्रतियोगिताको प्रायोजन गरेको आयोजकले जनाएको छ ।