
धादिङ कात्तिक १४ । धादिङमा यतिबेला जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगिता चलि रहेको छ । खर्चिलो खेल मध्य पर्ने क्रिकेट प्रतियोगिता चलि रहँदा त्रिपुरासुन्दी क्रिकेट टिमलाई खेल मैदान मै आएर दुई वडा अध्यक्षले खेल सामाग्री हस्तान्त्रण गरे भने अन्य सहयोगको घोषणा गरेका छन् ।
धादिङको बेनीघाट रोराङ विशालटारमा कात्तिक ११ गते देखि सुरुभएको उक्त क्रिकेट प्रतियोगितामा दुई खेलमा जीत हाँसिल गरि सकेको छ । खेलाडीहरुलाई हौसला प्रदान गर्न आएका त्रिपुरासुन्दरी गाउँपालिका ५ का अध्यक्ष कुशबहादुर सिटौला र वडा नम्बर ६ का अध्यक्ष देवराज धरेलले खेल सामाग्री हस्तान्तरण गर्नुको साथी खेलाडीलाई खेलअवधिमा लाग्ने खाना खर्च सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
त्रिपुरासुन्दी क्रिकेट टिमले पहलिो खेल नलाङको चक्रदेवी सामुदायीक समाज र दास्रो खेलमा भद्रकाली सामुदायीक विकास समाज मलेखुलाई पराजित गर्दै अहिले सम्म अपाजित रहेको छ । धादिङमा जारी टी-२० क्रिकेटमा त्रिपुरासुन्दरीबाट बाबु-छोरा








































