एमाले गंगाजमुना ६ को अध्यक्षमा नमराज ढकाल चयन

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७८

धादिङ कार्तिक ५ । नेकपा एमालेले शनिबार देशभरको वडा अधिवेशन गर्ने र त्यसको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए पनि धादिङको एमाले गंगाजमुना ६ को वडा अधिवेशन भने आजै सम्पन्न गरेको छ ।

संबिधानसभा सदस्य धन बहादुर घलेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको गंगाजमुन ६ को वडा अधिवेशनले नमराज ढकालको अध्यक्षयतामा ३१ सदस्य कमिटी गठन गरेको बताईएको छ । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य एवम् गंगाजमुना इन्चार्ज इन्द्र बहादुर श्रेष्ठ, वडा न ७ अध्यक्ष बाबुराम न्यौपाने, अनेरास्ववियु जिल्ला सह(संयोजक रक्तिम रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।