बेनीघाट रोराङ ५ द्वारा कारु ट्रस्टलाई क्रिकेट खेल सामाग्री प्रदान

Avatar photo
दिपेश कडेल
मङ्लबार, अशोज २६, २०७८

धादिङ असोज २६ । धादिङको बेनीघाट रोराङ वडा नम्बर ५ ले स्थानीय कारु ट्रस्टलाई ५० हजार बराबरको २ सेट क्रिकेट खेल सामाग्री प्रदान गरेको छ । वडाबाट प्राप्त उक्त ५० हजार बराबरको खेल सामाग्री ट्रस्टले आजै आफ्ना खेलाडीहरुलाई हस्तान्तरण गरेको छ ।

जिल्ला क्रिकेट संघ धादिङले आगामी कार्तिक ११ गते देखि १६ गते सम्म गर्न लागेको जिल्ला स्तरीय अन्तर क्लव स्तरीय टी २० क्रिकेट प्रतियोगितामा भाग लिन लागेको आफ्ना खेलाडीहरुलाई कारुले वडाबाट सहयोग प्राप्त उक्त खेल सामाग्री आज हस्तान्तरण गरेको हो । आज वडा प्रमुख रोशन कुमार सिलवाल र कारु ट्रस्टका अध्यक्ष सिपक सिलवालले क्याप्टेन सुमन सुनारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।

यहि प्रतियोगितालाई मध्यनजर गर्दै पुर्व खेलाडी सन्दिप सापकोटा, पुर्व खेलाडी प्रतीक खरेल, राजेन्द्र ढुगाना, सन्दिप डल्लकोटी र नेपाली कांग्रेस गजुरीले गजुरी सामुदायिक समाजबाट खेलाडीहरु केहि दिन पहिला क्रिकेट खेल सामाग्री सहयोग गरेका थिए ।