दशैं

Avatar photo
Dhadingpost
शनिबार, अशोज २३, २०७८

रंगिन दशैं, संगीन रौनक
घर घरना छाएर आउ
निधारमा रातो टिकासंग
शिरमा जमारा सजाएर आउ
धनिहरुको महलमा मात्रै होइन
गरिबको झुपडी भराएर
केवल पर्वको रुप मात्र होईन
एउटा सभ्यताको उमंग छरेर आउ दशैं…

सुनौलो धानको बालाहरु झुल्दै गर्दा
मखमली र गुरदौलि फुल फुल्दै गर्दा
सारा दुःख कष्ट भुलाउदै
मनका प्यासहरु मेटाउदै
लिङ्गे पिङको फन्को संगै
ती दुखी मन मस्तिष्कमा
सुखको प्रत्याभूति दिलाएर आउ दशैं…

कती दुखी छन कति सुखी छन
कति पिडामा छन कति आलिसानमा छन
कति भोकभोकै बसेर ठेला उठाउदै छन
दशैंको जोहोको लागि
कति पल पल मरिरहेका पनि छन
कति थकिएका छन,कति गलिएका छन
प्यारो पर्व दशैं
तिनै दुखिको मन भर्न
प्रकृतिको मोहक दृश्यावलोकन संगै
उमंगमय वातावरण बनाएर
अपांग र असक्तको सबैको बलियो लौरि
बनेर आउ दशैं…

संघर्षको कर्मठतामा रमाउने
रात दिनलाई एकैसाथ जमाउने
दशैंको आवासिन भावमा लिप्त मनहरुमा
पसिनाको भेल बेच्दै परिवारको हात समाउने
हरेक तह, तप्का, जात, जाती,
भाषा, भाषि र धर्मावलम्बीहरुको लागि
बिहानीको न्यानो किरण सँगै
उत्साह र उमङ्गको
दियो जालाएर आउ दशैं…

रातो टीका, एक चम्चि दहिको स्वादमा
मलिन मुहार, भारी मन अनि
एक्लो पनको गहिराईमा डुब्दै
परदेशिएका सन्तानको
यादमा आसुको ढिक्का संगै
बलेनिमा बस्दै आँखाभरि आसु पारि
टोलाईरहने आमाको मुहार चम्काउदै
सन्तान बिछोडको मलिन भावमा
सेतै फुलेको कपाल सुम्सुमाउदै
सन्तान संगै दशैं मनाउने रहरमा
बाटो कुरिरहेको बुबाको चाहना पूरा गर्दै
सन्तान आगमनको
असिम खुसी लिएर आउ दशैं…

सजीवन सास हत्या संगै
कैयन पापको भारी बोकाएर होइन
देखावटी आडम्बरमा ऋणको
भारी बोकाएर होइन
रोग भोक र शोकमा डुबाएर होईन
नवदुर्गा भवानिको अकाट्य आशिर्वाद लिएर
निरोगिताको प्रमाण बटुल्दै
जे छ त्यसमै रमाउदै
डाडा पाखा कुना कन्दरा
सबैतिर समानता र शहिस्णुताको
बिगुल फुकाएर आउ दशैं…

इर्श्या, रिस,राग घमण्डको
पोको फुकाउदै
दाई-भाइ दिदी-बहिनी
छरछिमेक अनि आफन्त बीचको
कुण्ठालाई हटाउदै
स्वार्थको सुपरहिट खेललाई टुटाउदै
मानवितता,आत्मियता र सामिप्यताको
बिम्ब देखाउदै आउ दशैं…

बालापनको त्यो खुशी र
उमंग फर्किने गरी
लिङ्गे पिंङको रौनकता भेटिने गरि
उही पुरानो सौहार्दतामा
उहीँ पुरानो परम्परामा
अहंमताको माफि माग्दै
आधुनिकताको उपजलाई
बिश्राम दिदै
शान्ति र अमनचयनको सास फेर्दै
सुन्दर, सौम्य भावको सम्मान गर्दै
एक सुनौलो अध्याय बनेर आउ दशैं…
एक स्वर्णिम अध्याय बनेर आउ दशैं…