बागमती प्रदेश खेलकुद प्रतियोगिता हुने साढे ६ करोड स्वीकृत, जिल्लालाई ८ लाख

Avatar photo
दिपेश कडेल
शनिबार, अशोज २३, २०७८

धादिङ असोज २३ । राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुनमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहदा बागमतीको प्रदेश खेलकुद बिकास परिषद्ले आगामी पुसदेखि माघसम्म प्रदेश खेलकुद प्रतियोगिताको आयोजना गर्ने तयारी गरेको छ ।

प्रदेश खेलकुद बिकास परिषद्को बिनियोजित २ करोड र थप ४ करोड ५४ लाख प्रदेश सरकारसंग माग गरि जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ । स्थानिय, जिल्ला र प्रदेश गरि तीन चरणमा हुने सो प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन् ।

प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरि जिल्ला प्रतियोगिताको लागि सहभागी हुन पठाउनुपर्नेछ । प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि ८ लाखको दरले अनुदान प्राप्त गर्नेछन् । सबै खेलमा महिला र पुरुष टिम रहने बताईए पनि क्रिकेटमा पुरुष टिमले मात्रै सहभागीता जनाउने बताईएको छ । एक महिना सम्म चल्ने यस प्रतियोगिता प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि भनिएको छ ।