महंगीले गाँजेको यो दशैं

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २२, २०७८

हामी नेपालीको महान चाड दशैं सुरुभएको छ । सबै तिर खुसीयाली छाएको छ घरबाहिर डेरा गरी बस्नेहरु कोठामा चाबी लगाएर घर जाने क्रम सुरुभएको छ । मौसमले पनि दशैं आएको प्रत्याभृति गराएको छ । गत वर्ष कोरोनाको कारण ओझेल दशैं यस वर्ष छुट्टै किसिमको उमंग देख्न सकिन्छ ।

दशैं सबैको लागि हो । सबैले मनाउने चााड हो यो । तर पैसा हुनेलाई मात्र दशैंको रौनक छ । आर्थिक स्थिति कमजोर भएकाहरुको दिनचर्या उही नै छ । न त दशैंको मतलब छ बस् मतलब छ त दुईछाक खान पाइन्छ कि पाइदैँन् । आफ्नो दश नड्ग्रा खियाउन काम पाइन्छ कि पाइदैन । उनीहरुलाई त कुनै चाडबाड नै नआए राम्रोजस्तो भएको छ । नेपालमा धनी नै भनेर पनि त्यति धेरै मान्छे छैनन् । अधिकांश गरिबीको रेखामुनि बसेर आफ्नो जीवनयापन गरिरहेको छन् ।

जो मान्छे गरिबीको रेखामुनि रहेर आफ्नो गुजारा चलाइरहेका थिए । उनीहरु अहिले झनै गरिब भएका छन् । कारण हो, कोरोनाले बेरोजगार बनेका सर्वसाधारण । अर्को दिनैपिच्छेको बढ्दो मँहगी । गरिब र धनीलाई आउने दशैं त एउटै हो । दशैं भनेको वर्षको एकचोटि आउने चाड हो । अहिलेको बजार पनि भाउ गरिब र धनीले लागि बराबर छ । तर तलबमा चाहि किन समानता आउन सकेन् ? बोल्न सकेन् भनेर हो । आर्थिक स्थिति कमजोर भएर कसैले पढ्न सकेन् होला । तर उसले पनि आफ्नो दश नङ्ग्रा खियाएको छ । उसले पनि दिनरात नभनि मिहिनेत गरेको छ । त्यहीपनि यत्रो भेदभाव किन ? सरकारदेखि व्यापारीहरुले समेत अफिस गएर र ज्याला मजदृरी गरेर ल्याउनेलाई भेदभाव गरेको छ ।

ज्याला मजदुरी गर्नेलाई कतिपय व्यापारीले हेर्ने दृष्टिकोण कस्तो छ ? चोरेर ल्याएको भन्दा रुखो बोलीवचन गर्दछ । तर त्यही सामान किन्न कुनै जागिरे वा नेता आइपुग्यो भने उसलाई गर्ने व्यवहार नै छुट्टै छ । आखिरी सबैले तिर्ने त पैसा नै हो । ज्याला मजदृरी गर्नेले सित्तैमा मागेको त होइन् नि । अझै कतिपय व्यापारीले सकेसम्म गरिबलाई ठग्न खोज्छ । किनकि उ सिधा छ उसलाई पढ्न आउदैन् । यसको फाइदा लिने नै व्यापारी हृन् । आवाज उठाउन सक्ने त व्यापारीका दाजुभाइ, इष्टमित्रमा परिहाल्छन् । त्यसैले व्यापारीले गरिबहरुसंग सक्दो रकम असुल्न खोज्छन् ।

गरिबहरुलाई दशैं आयो, के खाँउला, के पिँउला, छोराछोरीले के किनिदिउँला भन्ने चिन्ताले पिरोलिरहेको छ । ज्याला मजदृरी गर्नेले त सरसापटी पनि पाउदैन् । गरिबहरु पनि मान्छे हुन् तर सरकारले नै उनीहरुलाई गनेको छैन् । गरिबहरुले जहिले पनि सोध्ने एउटै प्रश्न सरकार पनि छ र ? नसोधृन् पनि किन आजसम्म सरकारबाट उनीहरुले के नै पाएका छन् । गरिबहरुले गर्दा यत्रो देशविकास भयो । तैपनि सरकारले नदेखे झै गरेको छ । पढेलेखेको जति जम्मै अन्त्यैतिर हुइकिहाले । जसले देशविकास गर्न यत्रो योगदान गरे । उनीहरुको लागि सरकारले केही गर्न नसक्नृ सरकारको लाचारीतापनको प्रमाण हो । एकथरी नेताहरु अहिले पनि केपी ओलीको अधिनायकवाद समाप्त परियो भन्न छाडेका छैन् । आखिर अहिले गरिव जनताले के नौलो आभास गर्न पाए त ? केहि नेताले केहि थान मन्त्री पद र रोजगारी पाउनु अधिनायकवादको अत्य हो ? गरिब जनताले पनि नेपाल सरकारलाई कर तिरेको छन् । त्यही गरिब जनताले तिरेको करबाट देशको प्रधानमन्त्रीदेखि राष्ट्रपतिले मोजमस्ती गरेका छन् ।

अरुको कुरै छोड्दैऔ गरिब जनताले तिरेकै करबाट सरकारको हरेक निकायमा बस्नेले समेत त्यही गरिबको दुःख पसिनाले तिरेको करबाट मोजमस्ती गरेको छन् । तर गरिब जनतालाई दिनुपर्ने सेवा सुविधाबाट राज्य किन चुक्यो त ? दशैंको नाममा नेपाल सरकार र व्यापारीहरुले हामी गरिब जनताहरुलाई दशा निम्त्याइदिएका छन् । के धनी मात्र देशका नागरिक हुन् । सरकारको नै यस्तो सोचाइ छ भने पहिला आफ्नो इतिहास पल्टाऔं । आफु कहाँ र कुन परिस्थितिबाट आएका थियौ त्यो हेर । बाटोबाटो हिडेर आफ्नो देशको जनताको स्थिति हेर । अनि मात्र तिमीहरुलाई गरिबीको अर्थ थाहा हुन्छ । तिम्रा देशका जनताहरु आफ्नो पेट भर्नको लागि कतिसम्म संघर्ष गरिरहेको छन् । मँहगी कहाँबाट कहाँ पुगि सक्यौ थाहा पाउछौ । जनताले तिरेको करबाट करौडौको गाडी चढेर मात्र देशको राष्ट्रपति र प्रधानमन्त्री होइदैन ।

त्यत्रा कर्मचारीलाई अनुगमन गर्न पनि तलब दिएको छौ । खोइ त कहिले पनि बजार प्रभावकारी अनुगमन गर्न निस्किएको देखिदैन् । एकसाता अघि र पछिको सामानको भाउ हेर्ने हो भने आश्चर्य लाग्छ । प्रत्येक साता एउटा सामानमा पचास रुपिँयासम्म बढेको छ ।
अनि कसरी खाने ? पैसा रुखमा फल्छ र ? यो एउटा जिल्लामा बसोवास गर्ने जनताको मात्र समस्या होइन् । देशैभरिको जनताले मँहगीको सामना गर्नुपरेको छ । अनुगमन गर्ने कर्मचारी र राजनितिक दल सबै व्यापारीले किनिसकेको छन् । त्यसैले पनि नेपालको विकास होला भनेर नसोच्दा पनि हुन्छ । यस्तै हो भने अब केही वर्षपछि व्यवसायीले नै देश चलाउछन् । हरेक सामानको मुल्यबृद्धि भएको छ ।

चामल, दाल, माछामासु, दृग्धजन्य पदार्थ, चाउचाउ, तेल, गेडागुडी, चिनी, बिस्कुट, चकलेट यी सबै खाद सामाग्री छोइनसक्नृ भएको छ । हरियो तरकारीको भाउ पनि निकै महँगिएको छ । बिचौलियाको कारण पनि तरकारीको भाउ आकाशिएको हो । किसान त हिजोपनि उचित मुल्य पाउन सकेका थिएनन् आज पनि पाएका छैनन् । कमाउने भनेकै बिचमा बसेका बिचौलियाहरुले हो । सरकारले माछामासुको मृल्य निर्धारण गरेको छ । तर निर्धारित मृल्यमा जनताले माछामासु उपभोग गर्न पाएका छैनन् । मुल्य निर्धारण गर्ने अनुगमन नगर्ने । यो त व्यापारीलाई जनता ठग भनेर हौसला दिएजस्तो भएको छ । लत्ताकपडाको पनि त्यस्तै छ । दशैं त जनतालाई होइन् व्यापारीलाई मात्र लागेको छ । एउटा साधारण कपडा किनेर लाउन नसक्ने स्थिति आइसकेको छ ।

सरकार पनि कान कोट्टाएर बसेको छ । जनता महँगीमै डुबेर मर्नृपर्ने भएको छ । कतिपयको घरमा चुलो बल्न छोडिसकेको छ । जुन मँहगी र गरिबी हामीले देखिरहेको छौ । सरकारले किन देखिरहेको छैन् ? हामी कसरी बाँच्ने, कसरी चाडबाड मनाउने ? सरकारको कमकमजोरीको कारण हामी भोकभोकै बस्नुपर्ने भएको छ । दशैं मनाउन चाहिने सबै सामान महँगिएको छ । मरमसला देखि लिएर माछामासु सम्मको भाउ निरन्तर उकालो लागिरहेको छ । तेलको सट्टा पानी हालेर तरकारी पकाउनपर्ने दिन आएको छ । पmलफुल, हरियो तरकारी देखि रासन पानीको अचाक्ली मुल्यवृद्धि भएको छ । माछामासु काट्ने ठाँउ पनि त्यस्तै फोहोर छ । तीबाट रोग लाग्न सक्ने हो के भन्ने चिन्ता छुट्टै छ । बिरामी भइयो भने अस्पतालको शुल्क तिरिसक्नु छैन् । औषधीदेखि लिएर चेकअप फिसमा अस्पतालको मनोमानी छ ।

लामो र छोटो रुटमा चल्ने सवारी साधनको भाँडा बढेको छ । यो वर्षको दशैं जनतालाई पोहोरको दशैभन्दा पाँच सय गुणा मँहगो परेको छ । जसले अनुगमन गरेर कारबाही गर्ने आँट गर्दैन् त्यस्ताले भाउ बढाउने आँट गर्नपनि उचित नहोला । जहिलेपनि व्यापारीसंग मिलेर जनताको ढाड सेक्ने काम पनि राम्रो होइन् । सरकार जहिलेपनि जनतालाई थिचोमिचो गर्ने काम नगर । अहिलेसम्म नेपाली जनता चुप लागेर बसेका छन् कुन दिन फुट्छन् । फुटेको नेपाली जनतालाई सरकारले समेट्न पनि नसक्ला । यसबारे पहिल्यै सोचविचार गर सरकार ।