जनआकांक्षाको अध्यक्षमा सीता दुवाडी चयन

Avatar photo
Dhadingpost
बुधबार, अशोज २०, २०७८

धादिङ असोज २० । जनआकाँक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड गजुरीको असोज १६ गतेसम्पन्न १३ औं साधारण सभाले सीता दुवाडीलाई पुन अध्यक्षमा निर्वाचित गरेको छ । दुवाडीको अध्यक्षतामा १५ सदस्य सञ्चालक समिति निर्वाचित गरेको छ । वरिष्ठ उपाध्यक्षमा जयन्ती रेग्मी निवार्चित गरेको छ भने उपाध्यक्षमा सिद्धलेक गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी कमला शर्मा अधिकारीलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।

संस्थाको कोषाध्यक्षमा गल्छी गाँउपालिकाकी उपाध्यक्ष समेत रहेकी राधा लामिछानेलाई निर्वाचित गरेको छ । यसैगरी लेखा समितिको संयोजकमा वविता कोइराला सदस्यहरुमा सरस्वती भण्डारी र गिता मगरलाई निर्वाचित गरेको छ । गजुरी गाँउपालिका वडा नं. ६ आदमघाट कार्यालय रहने गरी २०६५ सालमा स्थापना भएको सहकारी संस्थाले आव २०७७।०७८ मा दुई करोड ७६ लाख ८९ हजार चार सय ७३ रुपयाँ लगानी गरेर २० लाख १३ हजार दुई सय ९६ रुपयाँ नाफा गरेको छ ।

संस्थाको शेयर पूजीँ ५० लाख ५९ हजार रहेको छ भने दुई करोड ३५ लाख ६१ हजार ९१ रुपयाँ निक्षेप संकलन गरेको छ । संस्थाको कार्यक्षेत्र गजुरी गाँउपालिकाको वडा नं ६,५,७,८, गल्छी गाँउपालिकाको वडा नं २,३,४,६ र सिद्धलेक गाँउपालिकाको वडा नं ७ रहेको छ । गत आवसम्म चार सय ६३ जना रहेकोमा यस वर्षको साधरण सभाको दिन एक सय ४० जनाले शेयर खरिद गरेकाछन् ।

बजार क्षेत्रमा रहेको पूजीँ गाँउमा लगानी गर्ने, भौगोलिक हिसावले प्रचारप्रसार गर्न सजिलो र बजार नजिक रहेकाले उत्पादन बढाउन र बजारसम्म पु¥याउन सजिलो हुनेलाई सहकारी संस्थाले अवसर रुपमा ग्रहण गरेको छ । यसैगरी विभिन्न वित्तिय संस्थाहरुले गर्दा शेयर सदस्य वृद्धिमा ग्राहो भएको, थोरै पूजीँ सदस्यको आवश्यकता बढी भएकाले आवश्यकता पुरा गर्न नसक्नु, लघुवित्तिय संस्थाले सहकारी र लघुवित्तिय संस्था उस्तै उस्तै हो भनि प्रचार गर्नु र सहकारी शिक्षमा व्यापकता दिन नसक्नुलाई सहकारी संस्थाले चुनौतिका रुपमा लिएको छ ।