धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन

Avatar photo
Dhadingpost
बुधबार, अशोज २०, २०७८

अष्ट्रेलिया । धादिङबाट अष्ट्रेलिया गएर विभिन्न पेशामा संलग्न हुंदै आईरहेका धादिङवासीहरु बिचको साझा संस्था धादिंग समाज अष्ट्रेलियाको तेस्रो अधिबेशन तथा बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

२०१४ मा किरण अधिकारीको अध्यक्षता गठन भएको धादिङ्ग समाज अष्ट्रेलिया यो बीचमा बिभिन्न सामाजिक र परोकारी कार्य गर्दै संस्थालाई अष्ट्रेलियाबासी सबै नेपालीको लागि प्रिय बन्न सफल समाजको ३ अक्टोबरमा सम्पन्न साधारण सभाले गंगा जमुना गाउँपालिका अर्जुन केसीको अध्यक्षतामा आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको पनि चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा यज्ञ अधिकारी चुनिएका छन् भने महासचिव पदमा हरिकृष्ण अधिकारी चयन भएका छन् ।

कार्य समितिको सचिव पदमा पुरुषोत्तम अधिकारी, कोषाध्यक्ष सनिता त्रिपाठी, प्रबक्ता बिनोद उप्रेती, वुमन कोअर्डिनेटर गीता लम्साल ओझा, युवा संयोजक रबिन्सन अधिकारी, सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी ( तास्मेनिया ) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति सिंखडा (भिक्टोरिया), अनुप जंग बानियाँ (एनएसडब्लु), बिदुर अधिकारी ( एनएसडब्लु ) चयन भएका छन् ।

यसै गरि साधारण सभाले बिभिन्न राज्यका लागि राज्य संयोजक पनि चयन गरेको छ । न्यू साउथ वेल्स संयोजक शम्भु भण्डारी, एसीटि संयोजक राम चन्द्र उप्रेती, तास्मेनिया संयोजक उत्तम अधिकारी, भिक्टोरिया संयोजक बिनोद पौडेल, नर्दन टेरोटरी संयोजक नबिन भण्डारी, साउथ अष्ट्रेलिया संयोजक जीवन भण्डारी, पश्चिम अष्ट्रेलिया संयोजक दयाराम थापा मगर र क्विन्सल्याण्ड संयोजक शम्भु सिम्खडा चयन भएका छन् । संस्थाको सल्लाहाकारहरुमा संस्थाका संस्थापक अध्यक्ष किरण अधिकारी र निवर्तमान अध्यक्ष सबिन थपलिया बिधानत चयन भएका छन् ।

उक्त कार्यक्रममा एनएसडब्लुका बाणिज्यदूत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, समुदायकी अगुवा इन्द्रा बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, महासचिब राजु बाबु अधिकारी, एनएसडब्लुका संयोजक देब गुरुङ, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लगायतको उपस्थिति रहेको थियो ।