बेनिघाट-आरुघाट सडकमा यातायात संचालनमा रोक

Avatar photo
दिपेश कडेल
आइतवार, अशोज १७, २०७८

धादिङ असोज १७ । बेनिघाट-आरुघाट-आर्खेत-सिउरेनिटार जोड्ने सडक खण्ड र्जिण भएको र तत्काल सडकको स्तरोन्नती गर्न माग गर्दै स्थानीयले यस क्षेत्रमा चल्ने यातायात संचालनमा रोक लगाएका छन् ।

धादिङ जिल्ला र गोरखाको व्यापारिक वजार मानिने बेनिघाट बजार र सिउरेनीटार जोड्ने सडक खण्ड स्तरोन्नती नहुँदा जनताले सास्ती भोग्नु परेको छ । २०६९ सालमा निर्माण भएको धादिङ गोरखा (बेनिघाट, सिउरेनिटार) २०७२ सालमा कालोपत्रे भएको थियो । तत्कालिन गोरखा जिल्ला जिल्लाका १५ गाविस र धादिङका १० गासिसका जनताहरु लाभान्वित हुने यस सडकमा बेनीघाट र सिउरेनिटारका स्थानीयहरुले सडक बन्द गरि दिँदा यस क्षेत्रका यात्रुहरु थप मर्कामा परेका छन् ।

गत २ वर्षदेखी गोरखा जिल्लाको घ्याल्चोक, दर्बुङ लगायतका ठाउँहरुबाट बालुवा खानि सञ्चालन हुदा सो सडक खण्डमा गुड्ने ट्रिफरहरुको चापले सडक बिग्रीएको उनीहरुको गुनासो छ । स्थानिय बासीहरुबाट पटक पटक वडा कार्यालय गाउँपालिका सडक डिभिजन कार्यालयमा जानकारी गराउदा समेत सम्बन्धित निकाएले कुनपनि चासो नदेखाईएले सडक बन्द गरिएको उनीहरुले बताएका छन् ।