दुबईमा अलपत्र परेका धादिङका कृष्णराना मगरलाई, नेपाल पठाईयो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १४, २०७८

दुबई असोज १४ । दुबईमा धादिङ त्रिपुसुन्दरी गाउँपालिकाका कृष्ण राना मगर अलपत्र परेको खवर धादिङपोष्टले पटक पटक प्रकाशित गरे सँगै प्रवासमा रहेका नेपालीहरुले चासो दिँदै अन्ततः नेपाल पठाउन सफल भएका छन् ।

करिव २० वर्ष देखि दुबई बस्दै आएका उनी ०७२ सालको भु्कम्प गए सँगै नेपाल आएर फेरि दुबई फर्किएका थिए । सन् २०१८ भिजाको म्याद सकिए सँगै उनी अलपत्र परेका थिए । उनी अलपत्र परेको खवर धादिङपोष्टले प्रकाशित गरे पछि प्रवासमा रहेका नेपालीहरु विशेष गरी धादिङ समाज यूएईको ध्यानाकर्षण भएको थियो ।

धादिङ समाज यूएईका होम अधिकारीले कृष्ण रानालाई नेपाल फर्काउने अभियानका सहयोगिहरुलाई स्मरण गर्दै आफ्नो फेसबुकमा लेखेका छन्- जिन्दगी को नया अध्यय सुरु गराईदिनु भएकोमा ह्रदय देखि को धन्यवाद नमन सलाम नमस्कार यहाँहरुले लगाईदिनु भएको यो गुन हजारौं जुनि सम्म पनि तिर्न सकिदैन । जिन्दगीमा तपाईंहरु सङ भेट हुनु नै हाम्रो सहोभाग्य ठान्दछु @ Kumar Lamsal, @ subhadra, Prakash Bhandari लगायत नेपाल यसोसियसन यूएई team लाई धेरै धेरै धन्यवाद । साथै Chandra Prasad Sapkota, Keshav Dhungana भाइ Tej Narayan Tripathi लगायत Dhading Samaj uae लाई पनि धेरै धेरै धन्यवाद । समय ब्यस्तताको बाबजुत पनि यो विषम परिस्थितिको लडाईलाई जितमा परिणत गराई दिनु भएकोमा विशेष कुमार लम्साल, सुभद्रा र प्रकाश भन्डारीलाई जिन्दगी भरको यादगार सलाम नमन, Narayan Silwal धादिङपोष्ट लगायत बाहिय तथा आन्तरिक सहयोग गर्नु हुने सम्पुर्णलाइ हृदय देखिको धन्यवाद । 2018 देखि को अलपत्र परेका कृष्ण राना मगरको सम्पुर्ण कागजात प्रसासनिक काम लगायर felld मा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पुर्णलाई हार्दिक धन्यवाद । आज म धेरै खुशि भएको छु यहाँ निक्कै कठिनाइ थियो । संघर्स थियो, देख्नी ले जस्तो देखे पनि सकुसल नेपाल यात्रा शुभ रहोस शुभ यात्रा दाजु । सबैको जय होस शुभकामना ।