
धादिङ साउन २५ । धादिङ जिल्ला घर भएको राहदानीबाट पत्ता लागेका तर धादिङ कुन गाउँपालिका घर भएका हुन् भन्ने नखुलेका कृष्ण राना दुबई मा अलपत्र अवस्थामा भेटिएका छन् ।
२० वर्ष पहिला वैदेसिक रोजगारीको सिलसिलामा दुबई पुगेको कृष्ण रानाको मानसिक सन्तुलनमा समस्या आए सँगै कम्पनीले कामबाट निकालि दिएको र नेपाल पठाउन कुन पहल नगरेको अवस्थामा उनी अलपत्र पत्रको दुबईबाट बासु भट्टले धादिङपोष्टलाई जानकारी दिए ।
भट्टले उनको घर धादिङ कुन ठाउँ भन्ने पनि नखुलेकोले चिन्नुहुने महानुभावले परिवार सम्म खवर गरिदिनु हुन समेत आग्रह गरेका छन् ।
धादिङपोष्टलाई जानकारी दिँदै कृष्ण रानाको विषयमा थप जानकारी लिन 0543648569 नम्बरमा सम्पर्क गर्न सकिने समेत भट्टले बताए ।