
गजल “आमा”
मलाई एउटा बस्ने घर, बनाउनु छ आमा
झुपडी भित्रै एउटा शहर, बनाउनु छ आमा
शहरको आलिसान आभास, चाहिदैन मलाई
कुटो र कोदालि चलाउने रहर, बनाउनु छ आमा
गरिबको छहारी त्यही एउटा, टिनको छानो रहेछ
त्यसकै आडमा दियोको लहर, बनाउनु छ आमा
माया प्रेम त सानो मुटुको? स्वर्णिम आभास हो
तिनै आभास भित्र आत्मिकr बहर बनाउनु छ आमा
धन दौलत त केवल बाहिरि, आकासको बिम्ब हो
ढिडो र गुन्द्रुककै सम्मानित, प्रहर बनाउनु छ आमा
शुख दुख निधारमै लेखेर, आएको हुन्छ रे जन्मदा
कर्मले अब सबै मेटिने छुट्टै, जहर बनाउनु छ आमा
गजल “देशप्रेम”
सुन्दर समाजको बिम्बमा,ईश्वरको बास हुन्छ
अनेकता किन नहोस,एकताकै आभास हुन्छ
मिल्नुको बिकल्प छैन,मानव मनहरु यहाँ
जाग्यो मानवता उठ्यो भने,दानवको नास हुन्छ
जब हुन्छ मनमा,रास्ट्र प्रतिको कर्तव्य बोध
सानै किन नहोस हजुर,बिकास निकै खास हुन्छ
पुर्खाको योगदान कदर गर्न,सिक्यौ भने आत्माले
जता जाउ जन रास्ट्रको,सबैको एकै सास हुन्छ
जब मर्छ न्याय रास्ट्रमा,स्वार्थको खोल ओडि
हात बाधिएको बिम्ब जनता,जिउदो लास हुन्छ
लाचार शासक अनि,भ्रष्ट जमात बढ्यो भने यहाँ
रास्ट्र हाम्रोहुदा यहाँ,स्वाधिनता अर्कैको पास हुन्छ
गजल”प्रेमको अनुभूति”
एकल युद्ध थाल्यौ तिम्ले, नहार्नु है प्रिय
भावुक बन्दै आँसु तिम्ले, नझार्नु है प्रिय
अधुरो भो यात्रा आज, दोष मै लिदिनेछु
फरक बाटो अलपत्रमा, नपार्नु है प्रिय
बिश्वास थियो र त जालमा, परिहाले मनि
मलाई जस्तै अन्त भाका, नसार्नु है प्रिय
हुदैननी सबै उस्तै, मनैबाट चाह गर्ने
खोज्लान फेरि जालमा पार्न,नकार्नु है प्रिय
स्वार्थ सिद्ध प्रश्न गर्लान,किन प्रेम त्याग्यौ भनी
बिचार गरि मौनता मै, हकार्नु है प्रिय
पुग्यौ भने कुनै दिन,जिन्दगीको पुर्णतामा
सन्तुष्टिको बिम्ब सोच्दै, डकार्नु है प्रिय