जता हेर्यो त्यतैतिर…

Avatar photo
Dhadingpost
शनिबार, अशोज ९, २०७८

मुक्तक: १
एक रात हराउँदा छोरी बाबुको इज्जत मेटियो रे,
खबर आउँछ भोलिपल्ट नग्न लास भेटियो रे।
आमा बन्न परिपक्क हुँदै गरेको प्रकृतिलाई,
रातभरि खेलाएर सबेरै घाँटी रेटियो रे।।

मुक्तक: २
बाध्यताको बसाइँ थियो अस्तव्यस्त शहरमा,
गाउँको बाटो लागेको हो कोरोनाको कहरमा।
खेल्दा हिलो असारे, हरिया धानका बिरुवासँग,
फेरि जाग्यो स्वर्गीयपन लुकेका रहरमा।।

मुक्तक: ३
थायी र अस्थायी निन्द्राको दुविधामा रात रहृयो,
बिसै दिनमा बिदा दिने बडो झ्याली साथ रहृयो।
लौ है पाइयो उड्न हेलिमा भनेको त आखिर,
जता हेर्यो त्यतैतिर रित्तो हात रहृयो।।
✍️ सुप्रभा अधिकारी