
धादिङ भदौ २२ । धादिङबाट निर्वाचित संविधानसभा सदस्य एवम नेकपा एमाले धादिङका नेता धनबहादुर घलेलाई पितृ शोक परेको छ ।
लि:ल फङ (घले समाज) बाग्मती प्रदेशका अध्यक्ष समेत रहेका धनबहादुर घलेको पुजनिय पिता चन्द्र बहादुर घलेको उपचारको क्रममा आज बिहान बीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
लामो समय देखि मुटुको समस्या सँगै निमोनिया सँग लडि रहेका चन्द्र बहादुर घलेको ९७ वर्षको उमेरमा निधन भएको हो ।
