धादिङमा ड्रागन फ्रुटको व्यवसायीक खेती सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ १८, २०७८

धादिङ भाद्र १८ । धादिङमा पहिलो पटक नीलकण्ठ नगरपालिका १ पात्लेमा गणेश गुङले ड्रागन (सिउडी) फलको खेती सुरु गरेका छन् । सर्वगुण भएको यस ड्रागन (सिउडी) फललाई नेपालमा ईश्वरीय फलका रुपमा समेत चिनिन्छ । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ ।

पात्लेका गुरुङले अहिले ३ रोपनी जग्गामा ६२१ वटा ड्रागन (सिउडी) फलको विरुवा लगाएका छन् । आफैले सिमेन्ट रड गिटी बलुवा लगेर २०७ वटा पिल्लर बनाई बिरुवा समेत खरीद गरी लगाउँदा खर्च जम्मा ३ लाख भएको गुरुङ बताउँछन् ।

२ वर्ष अगाडी घरको छतमा दुईवटा विरुवा रोपेको थिए, त्यसबाट १५० वटा विरुवा उत्पादन भयो भने अन्य विरुवा इटहरीबाट किनेर ल्याएको उनी बताउँछन् । म भारतिय पूर्व सेना हुँ, घरमा मोबाईल र टिभि हेरेर बस्थे कृषिमा केहि गरुम भन्ने लाग्यो र कागती र सुन्तला गरी १०० विरुवा अनि ६२१ बोट ड्रागन (सिउडी) फलको विरुवा रोपेको बताउने गुरुङले गुरुङ कृषि फार्म समेत दर्ता गरेका छन् ।

फागुनमा ड्रागन (सिउडी) फलको विरुवा लगाएको हुँ, यसले आगामी जेष्ठबाट आम्दानी दिन सुरु गर्छ भने कागती र सुन्तलाको विरुवाको बीच बीचमा लगाईएको अकबरे खुर्सानी भने उत्पादन सुरु भैसकेको उनी बताउँछन् ।

ड्रागन फलको महत्व (Important of dragon fruit)

  1. सर्वगुण भएर नै होला सायद यसलाई ईशवरीय फल मानिएको । यस्को सेवनले शरिरमा क्यान्सर प्रतिरोधि शक्तिको विकास गर्न मदत गर्दछ (antioxidants” and “it’s thought to help protect against stress-related disorders)
  2. यस्को नियमित सेवनले शरिरमा रहेको विशाक्त तत्वलाई हटाउछ (Neutralizing toxic substances) । साथै रगतमा भएको उच्च कोलेस्टोरल घटाउनुको साथै उच्च रक्तचापलाई घटाउन मदत गर्दछ ।
  3. दम तथा कफका रोगिलाई फाइदाजनक मानिन्छ (Improve the general immune system) ।
  4. भिटामिन सि, प्रशस्त मात्रामा पाउने हुदा अनुहारको छाला सुन्दर बनाउनुको साथै चोटपटक लागेर काटेको तन्तुलाई छिटो बढन् मदत गर्नुको साथै रोग प्रतिरोधि शक्ति बढाउन सहयोग गर्दछ ।
  5. यस्को फलमा भिटामिन वि वान, वि टु, वि थ्रि पाउनुको साथै वहुभिटामिनको श्रोत मानिन्छ र भोक जगाउन सहयोग गर्दछ (Act as multi vitamin and help in recovring and improving loss of appetite) ।
  6. यस्को सेवनले आखाको तेज बढ्नुको साथै शरिरलाई तनावमुक्त बनाउछ (improve eyesight and prevents hypertension) ।
  7. यस्मा प्रशस्त मात्रामा क्याल्सियम, फोसफोरस पाईन्छ । यस्को नियमित सेवनले शरिरको हड्डी तथा दाँत बलियो बनाउनुको साथै तन्तुहरुको विकासमा मदत गर्दछ ।
  8. यस्को नियमित सेवनले शरिरको तौल घटाउनुको साथै शरिरलाई शन्तुलित बनाई राख्न मदत गर्दछ । रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै मधुमेह–२ कम गर्दछ ।
  9. यसलाई फलको रुपमा, तरकारीको रुपमा, फूलको रुपमा, स्वास्थ्यवद्र्धक, औषधिजन्य तथा पैसाले किन्न नसकिने सम्पदाको रुपमा लिईन्छ । फोटोः रेखबहादुर गुरुङ