
धादिङ भाद्र १५ । बागमती प्रदेशको मुख्य मन्त्री बन्ने योजनाका साथ प्रदेश सांसद बनेका राजेन्द्र पाण्डेको मुख्यमन्त्री बन्ने योजना अब गठबन्धन दलहरुको सहमतीले पुरा होला जास्तो वातावरण बन्दै गएको छ ।
नेकपा एमालेबाट मुख्य मन्त्री बन्ने सोचमा रहेका पाण्डे अन्तत नेकपा एसबाट गठबन्धनको सहयोगमा अर्को अनर्थ भएन भने मुख्यमन्त्री बन्ने लगभग निश्चित भएको छ । बागमती प्रदेशबाट साजेन्द्र पाण्डे सहित एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेका पछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।
कूल १०९ जना सांसद रहेको बागमती प्रदेशमा नेकपा एमालेको मात्रै ५६ जना सांसद थिए । जसमध्ये १२ जनाले एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी पार्टी रोजेका छन् । यो सँगै मुख्य मन्त्री अष्ठलक्ष्मी शाक्य अल्पमतमा परेकि छिन् अब उनले संसदबाट विश्वासको मत लिनु पर्ने भएको छ ।
दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ । प्रदेश सरकार गठनका लागि ५५ जना सांसद आवश्यक पर्छ । यो सरकार जोगाउने कुनै बाटो नभएको भन्दै राजेन्द्र पाण्डले एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । मुख्यमन्त्रीको उम्मेदवार को भन्ने प्रश्नमा पाण्डेले भने, ‘पार्टीले मलाई नै अगाडि सारेको छ । सत्तारुढ गठबन्धनमा पनि म सबैको सहमतिको उम्मेदवार हुँ ।’