धादिङका राजु रानाले भारतको झारखण्डबाट सुरु गरेका थिए, क्रिकेट

Avatar photo
नारायण सिलवाल
मङ्लबार, भदौ १५, २०७८

धादिङ भाद्र १५ । धादिङमा केहि दिन अघि मात्र जिल्ला क्रिकेट संघ धादिङको तदर्थ समिति बन्यो समितिका सह सचिव रामबहादुर राना मगरको वर्षौ देखिको चाहाना थियो क्यान धादिङ गठन गर्ने । क्यान गठन गर्ने सपना पुराभएकोमा उनी धेरै खुसी छन् । वास्तविक नाम राम बहादुर राना मगर भएपनि उनलाई अहिले राजु रानाबाट चिनिन्छन् । उनलाई रामबाट राजु बनाउने क्रिकेट खेल नै हो । उनै राजु रानाको क्रिकेट खेल जिवनबारे हामीले केहि खोतल्ने कोसिस गरेका छौं ।

हामी सँगको कुराकानीमा राजुलामाको क्रिकेट खेल जिवन यस्तो छ, भारतको बिहार (हाल झारखण्ड) मा ७, ८ वर्षको उमेर इ।स। १९८७ देखिनै खेल्नु थालेको थिए तर राम्रो क्रिकेट इ।स।१९९०–९१ बाट खेल्न थालेको हुँ । त्यस बेला मेरो पहिलो कोच उदय ब। थापा हुन उनी त्यहाँको ए डिभिजन क्रिकेट खेल्थे । बिहार क्रिकेट एसोशियसनले समर क्याप लागाएको थियो त्यहिबेला बहारको कोच राजिवनायरले हामीलाई प्रशिक्षित गर्थे ।

यहि वर्ष बिहार अन्डर–१३ को सलेक्सन भयो म र मेरो अर्को साथी पवन बस्नेत हामीदुई जनानै अन्डर–१३ बिहार सलेक्सन हुनसक्यौं । हाम्रो म्याच बिहार, बंगाल र त्रिपुरा तीन राज्य सँग कोलकतामा हुनु गईरहेको थियो तर हाम्रो किस्मतले साथ दिएन र तिन–चार दिन यस्तो ठुलो वर्षा भयो अनित्यो प्रतियोगिता नै स्थगित भयो । हाम्रो दुर्भाग्य भन्नुपर्छ सलेक्सन भएर पनि मैले त्यो प्रतियोगिता खेल्न पाईन । त्यसपछि मैले बिहार अन्डर–१६, बिहार अन्डर–१९ सम्मको ट्रायलमा भाग लिँए तर सलेक्सन हुनभने चुकें ।

म इंडिया बस्दा उडिसा, बिहार र बंगालको विभिन्न ठाँउमा क्रिकेट खेलेको छु । इंडिया बस्दा बाबुलाइन क्रिकेट क्लबको नामबाट झारखण्डमा धेरै क्रिकेट खेले सिनियर टिममा त अन्डर–१३ खेल्दा देखीनै खेल्थे । बाबुलाइन क्रिकेट क्लबबाट १९९२–१९९३ मा खेल्दा वि।जु। गोपाल डे–नाइटमा क्रिकेट प्रतियोगितामा एच।एल।सी क्रिकेट क्लबको विरुद्धमा खेल्दा प्रतियोगिताको प्रथम ह्याट्रिक र मेरो जिवनको पनि पहिला ह्याट्रिक गरी चर्चामा आएँ ।

मेरो दाजु १९९६ मा नेपाल आउनु भयो, यहि साल हामी आन्दोलन कप नाइटसिक्स ए साइड च्यामपियन भयौं । म यस प्रतियोगितामा सेमीफाइनल सहित ४ म्याचमाम्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट ब्याटस म्यान समेत घोषित भए । भन्नु पर्दायो यो मेरो जिन्दगीको ठुलो उपलब्धी मध्ये एक हो । यो हाम्रो बाबुलाइन क्रिकेट क्लबको आखरी प्रतियोगिता भयो, त्यसपछी राम्रो क्लबका खेलाडीहरु अरु क्लबबाट खेल्नु थाले भने कसैले खेल्नु छोडे तर म आफैले नयाँ क्रिकेट क्बल बनाए अन्डर–१६ डायमण्ड क्रिकेट क्लब मुसाबनी गठन गरे ।

हाम्रो त्याहाँको सबै भन्दा ठुलो प्रतियोगिता बासुकी सिंह मेमोरियल क्रिकेट प्रतियोगिता हो जनु अझै पनि प्रत्येक वर्ष डिसेम्बरमा हुने गर्छ । यस प्रतियोतामा १९९६ मा ११२ टिम सहभागी भएको थियो र मेरो अन्डर–१६ डायमण्ड क्रिकेट क्लब मुसाबनी अन्तिम ८ मा पुगेर क्वाटर फाइनलमा २ विकेट र २ बल बाँकी रहदाँ पराजित बनेको थियो । मैले यस प्रतियोगितामा बेस्ट क्यापटेनशिपको अवार्ड पनि पाए । १९९६–९७ सालमा झारखण्डको हिन्द संग क्रिकेट क्लबमा आबद्घ भए र त्यति बेला हामीले दिनमा तिन म्याच सम्म खेलका थियौं ।

नेपालमा भने धेरै समय क्रिकेट नखेलेको बताउने राजु राना तेस्रो महाबिर कप इ।स। १९९७ तिर जस्तो हुनु पर्छ बिहारका रणजी प्लेयरहरु संग आएर यंगाल क्लब काठमाडौंबाट खेलेको छु । बुवाको पेन्सन भएपछि १९९९ नेपालआए र नेपालमा २ वर्ष जति क्रिकेट खेले र २००१ जनवरीको १२ तारीकमा रोजगारीको लागि यूएई पुगे, यहाँ पाकिस्तानी क्लबबाट खेल्नु सुरु गरें ५ वर्ष यूएईमा बस्दा ४ वर्ष पाकिस्तानी क्लबबाट क्रिकेट खेले त्यसपछि रोजगारीकै शिलसिलामा कुवेत पुगें र बहराइनमा बस्दा पनि क्रिकेटबाट टाढा रहनु सकिएन त्यहाँ पनि केही समय क्रिकेट खेले ।

हाल वि. स. २०६८ साल देखि नेपालमा बस्दै आएको छु र वि।स।२०७० साल देखि नेपालमा फेरी क्रिकेट खेल्न थाले र धादिङ्गको त्रिपुरासुन्दरी गा. पा. मा क्रिकेट खेल्दै खेलाउदै आएको छु । २०७२ सालमा खहरे क्रिकेट क्लब गठन गरे पछी प्लाटेनियम कप, रुश्लान कप, एमबेसी कप डिउस बलको ठुलो प्रतियोगिता खेली सकेको छु ।

२०७२ सालमा इजराइलमा रहने विष्णु सिंखडाूको पहलबाट अर्थिक सहयोगमा प्रथम दशैं ट्राफि प्रतियोगिता सम्पन्न गरियो र २०७६ साल सम्म ५ वर्ष लगातार सन्चालन गरियो । यो भन्दा पहिला ३ चोटी सम्म फाइनल हारे पनि २०७६ सालको प्रतियोगितामा खहरे क्रिकेट क्लब च्याम्पियन बन्न सफल भयो उक्तफाइनल खेलमा म म्यान आफ् द म्याच भएँ पछिल्लो पटक बेनिघाट रोराङमा भएको टि–२० प्रतियोगितामा पनि त्रिपुरासुन्दरी क्रिकेट टिमलाई फस्ट रनर बनाउनु सफल भए । लामो समय क्रिकेटमा विताइ सकेपछी धादिङ्ग जिल्लाको क्रिकेटलाई विकास गर्नु आफ्नु ठाउँबाट पहल गर्दै आएको छु । (यो रामबहादुर रानामगर सँगको कुराकानीमा आधारित पोष्ट हो ।)