
धादिङ भाद्र १० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङले धादिङबेसीमा पार्टी कार्यालय भवन बनाउन आर्थिक संकलन अभियान सुरु गरे सँगै माओवादी केन्द्र गल्छीले जिल्ला इन्चार्ज शालिकराम जमकट्टेललाई ३ लाख ४४ हजार ९०९ रुपैयाँ हस्तान्तरण गरेको छ ।
हालसम्म करिब ३० लाखको हाराहारीमा पार्टी कार्यालय भवन निर्माणका लागि सहयोगको प्रतिबद्धता आएको माओवादी केन्द्रले जनाए सँगै माओवादी केन्द्र गल्छीले इन्चार्ज जमकट्टेललाई ३ लाख ४४ हजार ९०९ रुपैयाँ हस्तान्तरण गरेको हो ।
केहि दिन अघि मात्र पार्टी कार्यालय भवन निमार्णको लागि सुरु गरिएको आर्थिक अभियानमा माओवादी केन्द्र निकट धादिङ–पोखरा सम्पर्क मञ्चका पूर्व अध्यक्ष युवराज खतिवडाले ३ लाख र पर्यटन व्यवसायी तथा माओवादी नेता कमल सापकोटाले १ लाख ५० हजार सहयोग गर्ने जनाएका छन् ।
पार्टी कार्यालय भवन निमार्णका लागि गल्छीबाट सहयोग गर्ने सहयोगीदाताहरु
१. रेशम खतिवड़ा रु. ५०,१५०।-
२. संजय श्रेष्ट रु. ५०,१५०।-
३. बाशु खड़्का रु. ५०,०००।-
४. पुर्ण सिम्खडा रु.५०,०००।-
५. भरत अधिकारी रु.२०,५५०।-
६. राम प्रसाद अधिकारी रु.२०,०२०।-
७. उद्दब कराखेती रु. २०,१२२।-
८. प्रेम अधिकारी रु. १५,५५०।-
९. प्रेमनाथ खतिवड़ा रु. १५,५४५।-
१०. रामशरण सिन्चुरी रु.११,१११।-
११. मोदनाथ खतिवड़ा रु.११,१११।-
१२. टोम प्रसाद अधिकारी रु. १०,०००।-
१३. ईन्जीरा पण्डित खतिवड़ा रु .१०,०००।-
१४. सरोज तामाङ रु.५,५००।-
१५. खेम प्रसाद ओमगाइ रु.५,१००।-