
धादिङ भाद्र ८ । धादिङको ज्वालामुखी गाउँपालिका ६ निवासी नन्दकला आले मगरको मोटर साईकलको ठक्करबाट मृत्यु भएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुंगलमा बागमती प्रदेश–०२ –०१६ प ९५७० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री नन्दकला आले मगरको मृत्यु भएको प्रहरीले जनाएको हो ।
मोटर साईलको ठक्करबाट घाइते भएकी नन्दकलाको अन्नपुर्ण न्यूरो अस्पताल माईतिघर मण्डलामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको हो ।