मासिक १ लाख भन्दा बढीको दुध बेच्छु -कृष्ण नेपाली

Avatar photo
Dhadingpost
सोमवार, भदौ ७, २०७८

धादिङ भाद्र ७ । धादिङ नीलकण्ठ नगरपालिका ९ साविकको मुरलीभञ्याङ सालबोटका कृष्ण नेपाली मासिक १ लाख भन्दा बढीको दुध बेच्ने गरेको बताउँछन् । बिहान बेलुका गरी दैनिक ५० लिटर दुध लिएर धादिङ डेरी सेन्टर पुग्ने उनको दुधको प्रति लिटिर मुल्य सरदर ८२ रुपैया आउँछ ।

तीनै तहका सरकार र किसानका लागि हकहितका लागि बनेको भनिका नीति नियम प्रति गुनासो गर्ने उनै नेपालीले यो महिना १,३३५ लिटर दुधको १ लाख ९ हजार ४७० बुझे ।

आफुले अहिले सम्म तीनै तहको सरकार र किसानको हितका लागि क्रिलयासिल भनियका डलरे संस्थाहरु कतैबाट पनि कुनै सहयोग अनुदान नपाएको बताउँदै उनले घरलु, कृषि कार्यालयमा कृषि औजारको निवेदन दिएको थिए पावर पुगेन र पाईन धादिङपोष्ट सँग गुनासो गर्दै बताए ।

अहिले हामी श्रीमान श्रीमती मिलेर ७ वटा भैसी र २ वटा गाई पालेका छौं । यो संख्या बढाएर ३० वटा बनाउने योजनामा छु । बर्षेनी करोडौं रुपैया किसानको लागि आएको सुन्छु त्यो कस्ले पायो हामीले त एउटा पराल टुक्र्याउने मेशिन सम्म पनि अनुदानमा पाउँदैनौं । प्रदेश सरकार र स्थानीय सरकारले प्रति लिटर २ रुपैया अनुदान दिने नीति पनि आफुहरु सम्म आईनपुगेको उनी गुनासो गर्दछन् ।

धादिङबेसीमा ५०० किसानको दैनिक २ हजार दुध संकलन गर्दै आएको धादिङ डेरी दुग्ध संकलन केन्द्रले अनुदानको लागि पहल गरेको तर सहकारीलाई मात्रै दिने नीति भएको बताए सँगै उनीहरु अन्यायमा परेका हुन् । धादिङबेसीमा दुध बेच्ने ७० प्रतिशद किसानहरु पायक पर्ने दुग्ध संकलन केन्द्र प्राईभेट दुग्ध संकलन केन्द्रमा आवद्ध छन् । धादिङमा पशुपती दुग्ध सहकारी र उज्यालो बहुद्धेश्यी सहकारीले दुध संकलन गर्ने गरे पनि अन्य सहकारीले दुध संकलन गर्ने गरेका छैनन् ।

यी दुई सहकारी टाढा पर्ने किसानहरु प्राईभेट संकलनमा जानु पर्ने वाध्यता हुँदा सरकारी अनुदानबाट बन्चित भएको किसानहरु बताउँछन् । यो विभेदकारी सरकारी नीति किसान मैत्री नभएको उनीहरु बताउँछन् ।