जमिन बाँझो राख्नेलाई कारर्वाही गर्नुपर्छ –दंगाल

Avatar photo
Dhadingpost
सोमवार, भदौ ७, २०७८

धादिङ भाद्र ७ । बाँझो जमिन नराखी उत्पादनमा जोड दिन राष्ट्रिय किसान आयोगका अध्यक्ष तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताएका छन् । अखिल नेपाल किसान महासंघ धादिङको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दंगालले खेती योग्य जमिनमा उद्योग तथा घर निर्माण नगरी खेति गर्ने व्यवस्थापन गर्न स्थानयि तहका सरकारहरु संग आग्रह गरे ।

कार्यक्रम सम्बोधन गर्न धादिङ आईपुग्नु भएका किसान आयोगका अध्यक्ष दंगालले किसानहरुको वर्गिकरण गर्न सरकारसंग माग गरिएको बताए । किसान परिचयपत्र वितरणको चरणमा सरकार पुगेको बताउँदै दंगालले कृषिमा सरकारको लगानीको लागि प्राथमिकता नपरेको भन्दै किसान कृषि क्षेत्रमा उभिन सक्ने वातावरण बनाउन आग्रह गरे ।

किसानहरु उत्पादमा क्षति तथा बजार व्यवस्थापन व्यवधान परेका कारण समस्या भोगिरहेको अवस्थाबाट बचाउन कृषि विमााका लागि सरकारले सहयोग गर्नुपर्ने उनको भनाई छ ।सरकारलाई नितिगत रुपमा सघाउने आयोग समेत भएकोले कृषि ऐन, कानून र नीति बनाएर अघि बढ्ने बताउँदै दंगालले सरकारले उत्पादनमा आधारित अनुदान ल्याउनु माग गरे ।

मदन आश्रित भवनमा सम्पन्न किसानहरुको जिल्ला स्तरिय कार्यकर्ता भेलामा जिल्लाभरका अगुवा किसानहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो । कार्यकर्ता भेलालाई प्रदेश सांसद एवं पूर्व सामाजिक विकास राज्यमन्त्री डा रामकुमार अधिकारी, अखिल नेपाल किसान महासंघका बागमति प्रदेशका अध्यक्ष सुरेन्द्र मोहन शर्मा, नेकपा एमाले धादिङका प्रेमनाथ सिलवाल, नेकपा एमालेका गोकर्ण रुपाखेती, अनेमसंघका गंगादेबी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।