
धादिङ भाद्र ५ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् धादिङका संघीय सांसद खेम प्रसाद लोहनीले एमालेबाट केहि व्यक्ति बाहिरिएको बताउँदै यसलाई पार्टी फुट भन्न नमिल्ने बताएका छन् ।
शुक्रबार भएको धादिङको गंगाजमुना गाउँपालिका स्तरीय कार्याकर्ता भेला तथा प्रशक्षिणका बोल्दै नेता लोहनीले एमाले बिचार सहितको पार्टी हो केहि व्यक्तिहरुमा वैचारिक विचलन देखियो उनीले पार्टी छाडे पनि तमाम कार्यकर्ता एमाले रहेको दावी गरेका थिए ।
यस्तै कार्यकर्तालार्य संबोधन गर्दै धादिङका संविधान सभा सदस्य धनबहादुर घलेले माघव नेपाल सँग गएका नेता तथा कार्यकर्ता एमाले फर्कने तयारी रहेको समेत खुलासा गरेका थिए । उक्त कार्यक्रममा काँग्रस र माओवादीका १०० भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेस गरेको बताईएको छ ।
नेकपा एमाले गङ्गाजमुनाका अध्यक्ष भक्त लामिछानेको अध्यक्षयतामा भएको उक्त कार्यक्रममा युवासंघ नेपालका महासचिव रमेश आचार्य, संविधानससभा सदस्य धनबहादुर घले, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रामहरि अधिकारी, गाउँपालिका प्रमुख बल बहादुर अधिकारी, मदन भण्डारी फाउन्डेसन धादिङको अध्यक्ष उमेश थापा लगायतको आतिथ्यता रहेको थियो ।