विप्लव नेतृत्वको नेकपा धुनीबेसीको नगरभेला सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ३, २०७८

धादिङ भाद्र ३ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धुनीबेसी नगरपालिकाको प्रथम नगर भेला धुनीबेसी ३ छत्रेपाटीमा सम्पन्न गरेको छ ।

नेकपा धादिङका सेक्रेटरी सुमनको प्रमुख आतिथ्यतामा बिहिबारबाट सम्पन्न भेलाले सन्देशको नेतृत्वमा २१ सदस्यीय धुनीबेसी नगर कमिटी गठन गरेको हो ।

सेक्रेटरी सुमनले भेलालाई सम्बोधन गर्दै घर घरमा नेकपा टोल टोलमा कमिटि भन्ने उद्देश्यका साथ जनसेवा तथा सगठन विस्तारमा लाग्न नगर कमिटिलाई निर्देशन दिएको प्रतिक लामाले धादिङपोष्टलाई बताए ।