माओवादी केन्द्र बेनीघाट रोराङ ९ को संयोजकमा राजेन्द्र उप्रेती चयन

Avatar photo
Dhadingpost
भदौ ३, २०७८

धादिङ भाद्र ३ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेनीघाट रोराङ गाउँपालिका ९ को संयोजकमा राजेन्द्र उप्रेती चयन भएका छन् ।

उक्त भेलाले राजेन्द्र उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय, वडा समिति, गिता ठकुरी संयोजकत्वमा २१ समिति महिला समिति र पुष्प राज सिलवालको संयोजकमा १३ जना किसान संगठन गठन गरेको थियो ।

उक्त भेलामा माओवादी केन्द्र धादिङका नेता बिबेक थपलियाको प्रमुख आतिथ्यता रहेको उक्त भेलामा नेताहरु दिपा कंडेल र पार्टी अध्यक्ष खेम भुजेल, सुरेन्द्र खाण ठकुरी, अभिषेक तिवारी, सुगल डल्लाकोटी लगायतको आतिथ्यता रहेको थियो ।