धुवाँकोटमा एक महिने लामा तालिम सुरु

Avatar photo
Dhadingpost
बुधबार, भदौ २, २०७८

धादिङ भाद्र २ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित साविकको धुवाँकोटमा एक महिने विशेष लामा प्रशिक्षण तालिम आज (बुधबार) बाट सुरु भएको छ ।

कोन्छ्योग सुमला छयागछल्लो, नमोः बुद्ध धर्म संघाय मन्त्र उच्चारणको साथ कार्यक्रमका प्रमुख अतिथि तथा केन्द्रीय लामा समितिका निवर्तमान सह अध्यक्ष धर्म गुरु ग्याछो दोर्जे (गंगा लामा) ले उद्घाछन गरेका छन् ।

नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको ४३ औं जन्मोन्सवको अवसरमा आयोजित उक्त तालिमको आयोजना पाल्छेन बौध गुम्बा धुवाँकोटले आयोजना गरेका हो ।

गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष सोम्बोले तामाङको सभापतित्वमा भएको उक्त जन्मोन्सवकातथा तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष फोन्द्रा तामाङ र यस गुम्बाका संस्थापक निटन पाख्रिनको विशेष आतिथ्यता रहेको थियो ।

एक महिना सम्म चल्लने यस तालिमका लागि ८ वटा देशमा रहेका धादिङबासीहरुले आर्थिक सहयोग गरेको अध्यक्ष तामाङले धादिङपोष्टलाई जानकारी दिनु भयो । केहि रकम प्राप्त भैसकेको र केहि रकम तालिम चल्दै गर्दा प्राप्त हुने हुहाँले बताउनु भयो ।

अहिले सम्म सहयोग प्राप्त रकम
फ्रान्सबाट सुख तामाङ रु.रु.१६,३००
स्वीजरल्याण्डबाट केर्सिङ तामाङ रु.रु.१६,३००
न्यूजील्याण्डबाट रामसिंह तामाङ रु.रु.१६,३००
क्यानडाबाट बुद्धिलाल तामाङ रु.रु.१६,३००
यूकेबाट पूर्ण पाख्र्रिन रु.रु.१६,३००
यूके धन तामाङ रु.रु.१६,३००
नेपालबाट निटन गुरुङ रु.१५,०००
मलिसियबाट पुष्मान तामाङ रु.५०००
अष्ट्रिलियबाट सुस्मा गुरुङ रु.१०,०००
नेपालबाट निम बहादुर गुरुङ रु.१०१०
सम्शेर तामाङ रु.१०५०
सोमवले तामाङ अक्कल रु.१५,११५