
धादिङ साउन ३० । नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङबाट निर्वाचित संघीय सांसद खेम लोहनीले एमाले नयाँ गतिका साथ अगाडी बढेको र कसैले अल्मल्याउने कुचेष्टा नगर्न आग्रह गरेका छन् ।
नेकपा एमाले गङा जमुना गाउँपालिका काठमाडौं सम्पर्क मञ्च को भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेको सांसद लोहनीले केहि नेता ज्युहरुले प्रतिपर्धी पार्टीहरु सँग खुलेआम पार्टी विघटन तिर लैजाने कुचेष्टा गरे पनि अध्यक्ष केपी शर्मा ओलीले सुझबुझ ढंगबाट एमाले जोगाएको दावी गर्दै अब एमाले एकतावद्ध भई अगाडी बढी सकेको दावी गरेका थिए ।
अब नेकपा एमाले फेरि बहुमतको साथ सरकारमा जान्छ, एमाले एकताबद्द भएर अगाडी बढ्छ, परमादेशको झोलीमा बनेको सरकारको खुट्टी राम्रो सँग देखिनथालि सकेको समेत उनले बताए ।
गठबन्धनमा रमाएर जनप्रिय सरकार अपदस्त गरि माधव कुमार नेपालले अक्षम्य अपराध गरेको ठोकुवा गर्दै नेता लोहनीले केहि नेताहरुलाई छाडेरै भएपनि एमाले गतिशिल रुपमा अगाडी बढिसक्यो राजनितिमा कोही छोडीने र कोही आउने सामान्य भएको बताए ।
उक्त भेलाले गोपाल श्रेष्ठको अध्यक्षता २८ सदस्यीय नेकपा एमाले गङा जमुना गाउँपालिका काठमाडौं सम्पर्क मञ्च गठन गरेको बिजन रेग्मीले धादिङपोष्टलाई बताए ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास राज्य मन्त्री एवम् प्रदेशस सांसद डा. रामकुमार अधिकारी, जनजाती महासंघका केन्द्रिय सदस्य एवम संविधान सभा सदस्य धन बहादुर घले धादिङ जिल्ला कमिटी सदस्य एवम गाउँपालिका इन्चार्ज इन्द्र बहादुर श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

